कुन बैंकले कति ब्याजदरमा दिन्छन् घरकर्जा ?
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार २०:३३:३४
२५ फागुन, काठमाडौं । एक वर्षअघि ७ देखि ८ प्रतिशतमा घर बनाउन बैंकबाट सजिलै ऋण पाइन्थ्यो । तर, सस्तो ब्याजदरमा लिएको ऋण पुसदेखि ह्वात्तै बढ्यो ।
बैंकहरुमा कर्जा दिनका लागि चाहिने रकमको अभाव भएपछि निक्षेपको ब्याजदर बढ्यो यसको असर कर्जाको ब्याजदरमा स्वभाविक रुपमा पर्यो । जसले गर्दा ब्याजदर अत्याधिक महंगो भयो ।
बैंकबाट कर्जा लिएर व्यवसाय गर्न चाहनेको लागि सबैभन्दा पहिले बैंकको ब्याजदर हेर्नुपर्छ । बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार सबैभन्दा सस्तो ऋण पूर्णसरकारी नेपाल बैंक बैंकबाट पाइन्छ ।
कुन बैंकले कति ब्याजदरमा दिन्छन् घरकर्जा ?
अहिले अधिकांश बैंकहरूले दोहोरो अंकको ब्याजदरमा घरकर्जा दिने गरेका छन् । एक वर्ष अघिसम्म साढे ८ प्रतिशत हाराहारीमै घरकर्जा दिएका बैंकहरूले पछिल्लो समय तरलता अभाव चुलिँदै गएसँगै कर्जाको ब्याजदर पनि ह्वात्तै बढाएका छन् ।
नेपाल बैंक
नेपाल बैंकको माघ मसान्तसम्म आधारदर ६.९८ प्रतिशत रहेको छ । बैंकबाट रियल स्टेट हाउजिङ लोन लिँदा आधारदरमा न्यूनतम ३.१९ देखि अधिकतम ४.१९ प्रतिशतसम्म प्रिमियम तोकेको छ । रियल स्टेट कमर्सियलको लागि आधारदरमा न्यूनतम २.१९ देखि अधिकतम ३.१९ प्रिमियम तोकिएको छ ।
होम लोनतर्फ ५ वर्षे अवधिका लागि आधारदरमा १.५५ देखि २.१६ प्रतिशत, १० वर्षे अवधिका लागि आधारदरमा थप २.१९ देखि २.८० प्रतिशत, १५ वर्षे वा सोभन्दा बढी अवधिका लागि आधारदरमा थप ३.०५ देखि ३.६६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । व्यक्तिगत होम लोनतर्फ आधारदरमा न्यूनतम १.५५ देखि अधिकतम ३.१६ प्रतिशत प्रिमियम तोकेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकबाट ५ वर्षे अवधिको स्थिर होम लोन लिँदा आधारदरमा न्यूनतम ८.८९ देखि अधिकतम ९.१४ प्रतिशत तोकेको छ । यस्तै २० वर्षे अवधिको कर्जाको हकमा आधारदरमा ८.८९ प्रतिशत प्रिमियम तोकेको छ ।
कृषि विकास बैंक
सरकारी स्वामित्वको कृषि विकास बैंकको आधार दर ७.७८ प्रतिशत छ । बैंकले ५ र १० वर्षे अवधिको घर निर्माण प्रयोजनका लागि घर कर्जाको हकमा आधार दरमा बढीमा २ प्रतिशत र १० वर्षे अवधिको कर्जाका लागि आधार दरमा २ प्रतिशत थप प्रिमियम लिन्छ ।
साथै, १५ वर्षे अवधिको घर कर्जामा भने आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम लिने गरेको छ ।कृषि विकास बैंकलवे घर खरिद प्रयोजनार्थ ५ र १० वर्षे अवधिको कर्जाको हकमा आधार दरमा बढीमा २ प्रतिशत र १५ वर्षे अवधिको घर कर्जामा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेको छ । त्यसैगरी बैंकले जग्गा किन्नका लागि आधारदरमा ३ प्रतिशत प्रिमियर थपिने छ । यस्तै कृषि विकास बैंकबाट बिजनेश कम्प्लेक्स र हाउजिङको लागि ऋण लिँदा आधारदरमा ३ प्रतिशत प्रिमियम थप्नुपर्ने छ ।
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकको माघ मसान्तसम्मको आधारदर ८.८६ प्रतिशत छ । बैंकले १० वर्षे अवधिको घर कर्जामा आधार दरमा अधिकतम ४ प्रतिशत, १५ वर्षे अवधिको कर्जामा अधिकतम ४.५० प्रतिशत र २० वर्षे अवधिको कर्जामा अधिकतम ५ प्रतिशत प्रिमियम तोकेको छ । त्यसैगरी स्थिर ब्याजदर अन्तर्गत १० वर्षे अवधिका लागि ११.९९ प्रतिशत, १५ वर्षे अवधिका लागि १२.४९ प्रतिशत र २० वर्षे अवधिको कर्जामा १२.९९ प्रतिशत ब्याजदर तोकेको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेशनलको माघ मसान्तसम्मको आधारदर ९.२९ प्रतिशत छ । बैंकबाट घर कर्जा लिँदा आधारदरमा न्यूनतम ०.२५ देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकिएको छ । बैंकले स्थिर ब्याजदर अन्तर्गत ५ वर्षे अवधिको १०.५० प्रतिशत, ६ देखि १० वर्र्षे अवधिको ११ प्रतिशत, ११ देखि १५ वर्षे अवधिको ११.५० प्रतिशत र १६ वर्षे वा सो भन्दा बढी अवधिको १२ प्रतिशत ब्याजदर तोकेको छ ।
सिभिल बैंक
सिभिल बैंकको पुस मसान्तसम्म आधारदर ९.७४ प्रतिशत छ । बैंकबाट ५ वर्षे अवधिको होम लोनका लागि आधारदरमा ४.५० प्रतिशत प्रिमियम तोकेको छ । ५ वर्षभन्दा बढी अवधिको कर्जामा अधिकतम ५.५० प्रतिशत र ७ वर्षसम्मको कर्जा लिने हो भने आधारदरमा ६ प्रतिशत प्रिमियम तोकेको छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको माघ मसान्तमा बैंकको आधारदर ७.९९ प्रतिशत रहेको छ । बैंकबाट घर तथा जग्गा कर्जा लिँदा आधारदरमा न्यूनतम २.५० देखि ६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । साथै, स्थिर ब्याज अन्तर्गत ११.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
कुमारी बैंक
कुमारी बैंकको पुस मसान्तको औसत आधारदर ८.६९ प्रतिशत रहेको छ । बैंकबाट घर कर्जा लिँदा आधारदरमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशत प्रिमियम तोकेको छ । बैंकबाट स्थिर ब्याज अन्तर्गत २ देखि ५ वर्षे अवधिको लागि ११, ५ देखि १० वर्षे अवधिको लागि ११.५० प्रतिशत, १० वर्ष वा सोभन्दा माथि अवधिका लागि ११.७५ प्रतिशत ब्याजदर तोकेको छ ।
माछापुच्छ्रे बैंक
माघ मसान्तसम्म माछापुच्छ्रे बैंकको आधारदर ७।.५० प्रतिशत छ । बैंकबाट स्थिर कर्जा ५ वर्षे अवधिको लागि १२.५० प्रतिशत, ५ देखि १० वर्षे अवधिको लागि १३.५० प्रतिशत र १० वर्षे अवधिको लागि १४.५० प्रतिशत ब्याज तोकेको छ ।
एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकको पुस मसान्तको आधारदर ९.४४ प्रतिशत रहेको छ । बैंकबाट होम लोन लिँदा आधारदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम तोकिएको छ । साथै, १५ वर्षे अवधिको स्थिर कर्जामा १३.८९ प्रतिशत ब्याजदर तोकिएको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंक बैंकको पुस मसान्तको आधारदर ७.६२ प्रतिशत रहेको छ । बैंकबाट १ करोडसम्मको हाउजिङ लोन लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम तोकेको छ । बैंकले १ करोड ७ वर्षे अवधिका कर्जाका लागि १२.३३ प्रतिशत, १० वर्षे अवधिको लागि लिँदा १३.३३ प्रतिशत र १० वर्षदेखिमाथि लागि लिँदा १४.३३ प्रतिशत ब्याजदर तोकेको छ ।
साथै, १ करोडभन्दा बढी कर्जा लिँदा ७ वर्षे अवधिका हकमा १२.८३ प्रतिशत, १० वर्षे अवधिको हकमा १३.८३ प्रतिशत र १० वर्षदेखिभन्दा बढी अवधिको कर्जाका लागि १४.८३ प्रतिशत ब्याजदर तोकिएको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको माघ मसान्तको आधारदर ८।९३ प्रतिशत रहेको छ । बैंकबाट होम लोन लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियम तोकेको छ ।
प्राइम बैंक
प्राइम बैंकको पुस मसान्तको आधारदर ८।९८ प्रतिशत रहेको छ । बैंकबाट होम लोन लिँदा आधारदरमा ६.९९ प्रतिशत प्रिमियम तोकेको छ । स्थिर ब्याजदरतर्फ ५ देखि २० वर्षे अवधिको कर्जामा १३ देखि १४ प्रतिशत ब्याजदर लाग्ने छ । ५ वर्षे अवधिको १ करोड ५० लाखसम्मको ५ वर्षे अवधिको कर्जामा ९.४९ प्रतिशत, ५ देखि १० वर्षे अवधिका लागि १०।४९ प्रतिशत र १० वर्ष वा सोभन्दाबढी अवधिको कर्जामा ११.२५ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै १ करोड ५० लाखभन्दा बढीको ५ वर्षे अवधिको कर्जामा ९.७५ प्रतिशत, ५ देखि १० वर्षे अवधिकोे कर्जामा १०.७५ प्रतिशत र १० वर्षेभन्दा बढी अवधिको कर्जामा ११.५ प्रतिशत ब्याजदर तोकिएको छ ।
एनएमबि बैंक
एनएमबि बैंकबाट हाउजिङ लोन लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियर तोकेको छ । माघ मसान्तसम्म बैंकको आधारदर ८.६० प्रतिशत रहेको छ । यस बैंकले अटो लोनमा ६ प्रतिशतसम्म व्याजदर तोकेको छ ।
सानिमा बैंक
सानिमा बैंकबाट होम लोन लिँदा आधारदरमा ८.०८ प्रिमियम तोकेको छ । बैंकबाट कर्जा लिँदा अधिकतम १५.०८ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकको माघ मसान्तसम्मको आधारदर ८.८० प्रतिशत छ । होम लोनमा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेको छ । साथै, स्थिर ब्याजदरतर्फ १ वर्षे अवधिका लागि १०.९९ देखि ११.९९ प्रतिशत, २ देखि ३ वर्षे अवधिको कर्जाको हकमा ११.९९ देखि १२.९९ प्रतिशत, ३ देखि ५ वर्षे अवधिको कर्जाको हकमा १२.९९ देखि १३.४९ प्रतिशत र १० देखि १५ वर्षे अवधिका कर्जाका लागि १३.९९ देखि १४.९९ प्रतिशत ब्याजदर तोकिएको छ ।
एनसीसी बैंक
एनसीसी बैंकको माघ मसान्तसम्म आधारदर ९.०७ प्रतिशत छ । बैंकबाट होम लोन लिँदा आधारदरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकबाट ५ वर्षे, ५ देखि १० वर्षे, १० वर्ष भन्दा बढी अवधिको लागि कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम तोकेको छ ।
साथै, स्थिर ब्याजदरतर्फ ५ वर्षभन्दा कम अवधिका लागि १२.२९ प्रतिशत, १० वर्षसम्मको लागि १२.५२, प्रतिशत र १० वर्ष भन्दा बढी अवधिको लागि १२.९४ प्रतिशत ब्याजदर तोकेको छ ।
सनराइज बैंक
सनराइज बैंकबाट घर कर्जा लिँदा आधारदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । स्थिर कर्जातर्फ ५ वर्षे अवधिका लागि १२.५० प्रतिशत, ५ देखि १० वर्षे अवधिको १३ प्रतिशत, १० देखि १५ वर्षे अवधिका लागि १३.५० प्रतिशत ब्याजदर तोकेको छ । माघ मसान्तसम्म बैंकको आधारदर ९.०३ प्रतिशत रहेको छ ।
हिमालयन बैंक
हिमालयन बैंककोबाट होम लोन लिँदा आधारदरमा अधिकतम ८.७५ प्रतिशत प्रिमियम तोकेको छ । बैंकबाट १० वर्षे अवधिको स्थिर कर्जा लिँदा १४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।
यस बैंकले हायर पर्चेज(प्राइभेट)मा आधार दरमा ६ प्रतिशतसम्म र ७ वर्षसम्मका लागि १२.४९ प्रशितसम्म व्याजदर तोकेको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंक
स्टयान्डर्ड चार्टर्ड बैंकले आधारदरमा न्यूनतम २.५० देखि अधिकतम ५ प्रतिशत प्रिमियम तोकेको छ । स्थिर कर्जामा ५ वर्षे अवधिको कर्जातर्फ लागि १०.२५, ५ देखि ७ वर्षे अवधिका लागि १०.७५, ७ देखि १० वर्षे अवधिको लागि ११.५ र १० देखि माथीको लागि १२.७५ प्रतिशत तोकेको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकको पुस मसान्तको आधारदर ८.५७ प्रतिशत छ । बैंकबाट होम लोन लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियम तोकेको छ । बैंकले स्थिर कर्जा ३ वर्षे अवधिको कर्जामा १३.५०, ३ देखि ५ वर्षे अवधिको कर्जामा १४.५० प्रतिशत, ५ देखि १० वर्षे अवधिको कर्जामा १५ प्रतिशत र १० वर्षे वा सोभन्दा बढी अवधिको १५.५० प्रतिशत ब्याजदर तोकिएको छ ।
प्रभु बैंक
प्रभु बैंकको माघ मसान्त सम्मको आधारदर ८.६९ प्रतिशत रहेको छ । बैंकले ५ वर्षे अवधिको होम लोन लिँदा आधादरमा ७ प्रतिशत प्रिमियम तोकेको छ । बैंकले ५ देखि १० वर्षे, १० देखि १५ वर्षे र १५ देखि २५ वर्षे अवधिका लागि आधार दरमा अधिकतम ७ प्रतिशत प्रिमियम तोकेको छ । स्थिर ब्याजदर ५ वर्षे अवधिका लागि ११.९९ र ५ देखि १० वर्षे अवधिका लागि १२.९९ प्रतिशत ब्याजदर रहेको छ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूबाट कर्जा लिँदा न्यूनतम ८.२० प्रतिशतदेखि अधितमक १५.२० प्रतिशतसम्म ब्याजदर तोकिएको छ । साथै स्थिर ब्याजतर्फ १० वर्षे अवधिको कर्जाको हकमा १२.४८ प्रतिशत र १५ वर्षे अवधिका लागि १३.४८ प्रतिशत तोकिएको छ । यस बैंकले अटो लोनमा आधारदरमा ७.५ प्रतिशत व्याजदर रहेको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले आधारदर ८.७३ प्रतिशत रहेको छ । बैंकबाट हाउजिङ लोन लिँदा आधारदरमा न्यूनतम १ देखि अधिकतम ५ प्रतिशत प्रिमियम तोकेको छ । साथै, स्थिर ब्याजदरतर्फ ५ वर्षभन्दा कम अवधिका लागि १०।९९ प्रतिशत, ५ देखि १० वर्षे अवधिका लागि १०.९९ प्रतिशत, १० देखि २० वर्षे अवधिका लागि ११.४९ प्रतिशत ब्याज तोकेको छ ।
नबिल बैंक
नबिल बैंकको पुस मसान्तको आधारदर ७.३९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधार दरमा न्यूनतम ३ देखि अधिकतम ७ प्रतिशत प्रिमियम तोकेको छ । बैंकले स्थिर कर्जा ५ वर्र्षे अवधिको लागि हाउजिङ लोन लिँदा १२ प्रतिशत, ५ देखि १० वर्षे अवधिको १२.५० र १० देखि १५ वर्षे अवधिको लागि १२.९९ प्रतिशत ब्याज तोकेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर माघ मसान्तसम्म ७.६५ प्रतिशत रहेको छ । बैंकबाट हाउजिङ कर्जा लिँदा आधादरमा न्यूनतम १ देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेको छ । यस बैंकले आधार दरमा पाँच प्रतिशतसम्म व्याजदर तोकेको छ ।
मेगा बैंक
मेगा बैंकले हाउजिङ लोन आधारदरमा ८.४६ प्रतिशत प्रिमियम तोकेको छ । बैंकबाट हाउजिङ लोन लिँदा १५.४६ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार