माधव नेपालको प्रतिवेदन: दक्षिणपन्थी ओलीबाट खतरा, एमसीसीले पार्टी बचाएको निष्कर्स
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार २१:१४:४७
२५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको बैठकमा प्रस्तुत प्रतिवेदनमा एमसीसी पास नगरेको भए आफ्नो पार्टीनै धरापमा पर्ने बताएका छन् । उनले अहिलेको गठबन्धन कम्तिमा पनि चुनावसम्म कायम राख्नुपर्ने विषयलाई पनि केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।
नेपालले केपी शर्मा ओलीको प्रवृत्ति व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु भएको उल्लेख गर्दै त्यसलाई दक्षिणपन्थी अवसरवादी धार भनेर किटान गरेका छन् । उनले अहिलेको पाँच दलीय गठबन्धन कायमै राखेर तीन तहको निर्वाचन गर्नुपर्ने धारणा राखेका छन् ।
यस गठबन्धन र सहकार्यलाई कम्तिमा पनि आगामी स्थानीय तहको निर्वाचनसम्म मात्रै होइन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म पनि कायम राख्नुपर्ने आवश्यकता भएको उनको भनाई छ । संविधान निर्माणमा सहकार्य गरेका राजनैतिक दलहरुले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने आफ्नो पार्टीको मान्यता रहेको उल्लेख गरेका छन् ।
अध्यक्ष नेपालले आफूहरुले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न साथ नदिएको भए नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमसीसी सम्झौता पारित गर्ने र आफ्नो पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको पनि बताएका छन् ।
उनले एमसीसीको विपक्षमा रहेको भए सत्तारुढ गठबन्धन तोडेर कांग्रेस र एमालेले एमसीसी जस्ताको तस्तै पारित गर्ने, आफूहरुको १४ सांसदलाई कारबाही गर्ने र पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको बताएका हुन् ।
‘यदि हामीले यसो नगरेको भए नेका र एमाले मिलेर पाँच दलीय गठबधनलाई तोड्ने, सभामुखलाई हटाउने र हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गर्ने गरी नेका र एमाले मिलेर एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन गर्ने थिए’ अध्यक्ष नेपालले भनेका छन् ।
उनले प्रतिवेदनमा अघि भनेका छन्, ‘ त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई हटाइने र हाम्रो पार्टीका १४ सांसदलाई कारबाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे । हामीले वैकल्पिक बाटो रोजेर ति सबै खतरालाई टारेका छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार
‘पुष्पा २’ प्रिमियरको क्रममा भागदौडमा घाइते भएका बालकको अवस्था चिन्ताजनक
पुष ३, २०८१ बुधबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार