हरियो मतपत्रबारे ओलीलाई कांग्रेसको जवाफः ‘हरियो भन्दैमा सारा वनजंगल नै फाँड्न सकिदैन्’
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार २२:१८:३५
२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगले तयार पारेको मतपत्रको रङप्रति प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देखाएको असहमतिको कुनै अर्थ नरहेको बताएको छ । कांग्रेसले अध्यक्ष ओलीले हरियो रङमा आपत्ति जनाएकोप्रति आश्चार्य प्रकट समेत गरेको छ ।
निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राख्न लागेको विषयमा आपत्ति जनाउँदै ओलीले ‘कांग्रेसको रुखको रङ हरियो हुन्छ भन्दैमा मतपत्रमा हरियो रङ राख्न नहुने’ बताएका थिए । कांग्रेसले यसमा ओलीको भनाइले कुनै अर्थ नराख्ने बताएको छ ।
कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित पहिलो चरणको अभियान घोषणाका लागि बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीको टिप्पणीको जवाफ फर्काएको हो । ओलीको टिप्पणीले कांग्रेस बहुमतमा आउँदै छ भन्ने संकेत गरेको भन्दै जनताबाट प्राप्त हुने मतबाट नआत्तिन पनि ओलीलाई आग्रह गरिएको छ ।
मतपत्रमा राखिने हरियो रङमा नै आपत्ति हुने हो भने नेपालको सारा वनजंगल नै फाँड्नुपर्ने हुन्छ भन्दै कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले ओलीको अभिव्यक्तिले कांग्रेस बहुमतमा आउँने संकेत गरेको बताए । उनले जनताबाट प्राप्त हुने मतका लागि कसैले पनि आत्तिने वा मात्तिने काम गर्न नहुनेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार