सिम्रिक साकोसद्वारा अभिमुखिकरण तालिम सम्पन्न
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार २३:२५:१६
२५ फागुन, काठमाडौं । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड ४ झापाले आफ्ना शेयर सदस्यहरुका लागि सदस्यता अभिमूखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
बुधबार दमकको उद्योग बाणिज्य संघको सभाहलमा आयोजित अभिमुखिकरण कार्यक्रममा सहकारी सम्बन्धि ऐन नियम, बर्तमान अवस्थामा परिवर्तित कर्जा नीति तथा सहकारी सम्बन्धि बिबिध बिषयमा प्रशिक्षण दिइएको थियो ।
सदस्यहरुको सुखदुःखको साथी बनिरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि। केन्द्रीय कार्यालय बिर्तामोडले स्थापनाको छोटो समयमै ठूलो फडको मार्न सफल हुन सकेको बताउनदै कार्यकारी प्रमूख कमल बहादुर बस्नेतले आफ्नै अगाडि कुदिरहेको सफलतालाई भेट्टाउन निरन्तर अगाडि बढीरहेको सिम्रिक साकोसले छोटा समयमै आफ्नो अभिन्न मित्र बनाउन सफल भएको बताउनु हुदै कार्यकारी प्रमूख बस्नेतले आफ्ना शेयर सदस्यहरुलाई प्रदान गरिरहेको बिपद कर्जा, शैक्षिक कर्जा, प्रोत्साहन कर्जा र बैकल्पिक उर्जा प्रबद्धन कर्जा समेत उपलब्ध गराउदै आएको कुरा बताए ।
झापा जिल्लाकै चौथो ठूलो सहकारी संस्थाको रुपमा काम गरिरहेको सिम्रिक साकोसले हाल झापा, मोरङ्ग र ईलाममा गरी आफ्ना ४६ भन्दा बढी सेवाकेन्द्रहरुबाट सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ ।
४० हजार भन्दा बढी सदस्यहरुलाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्याउदै आईरहेको सिम्रिक साकोसले बचत तथा ऋण कारोबारमा मात्रै आफ्ना गतिबिधिहरुलाई सिमित नराखी सदस्यहरुको बृहत्तर हितमा समेत ध्यान दिने गरेकोले सिम्रिम साकोस प्रति सदस्यहरुको आगमनमा निरन्तर रुपमा बृद्धि भैरहेको दमक पशुहाट सेवाकेन्द्र प्रमूख यज्ञ प्रसाद भट्टराई बताएका छन् ।
बच्चा जन्मिए देखि उसको शिक्षा, स्वास्थ्य, ब्यापार, लगायत महामारी, दैबी तथा प्राकृतिक प्रकोप, हुँदै मृत्यू परन्त काजकृया खर्च र कर्जा मिनाहासम्मका सहयोगी कार्यक्रमहरुले गर्दा पनि सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको स्थानीय तहमा सकारात्मक संदेश गैरहेको बताउनु हुदै सिम्रिक साकोसका सल्लाहकार समिति सदस्य तथा दमककै प्रबुद्ध शैक्षिक, ब्यापारिक, सामाजिक र राजनैतिक ब्यक्तित्व गोबिन्द बहादुर बस्नेतले बिबिध कारणले धेरै सहकारीहरु पलायन भैरहेको बर्तमान अवस्थामा सिम्रिक साकोसका सञ्चालकहरु र कार्यकारी प्रमूख देखि कर्मचारीहरुले सपनामा पनि सिम्रिक मात्रै देख्ने गरेका कारण सिम्रीक साकोसले अहिलेको सफलता प्राप्त गर्न सकेको बताए।
देशले लामो समयदेखि भोगिरहेको तरलता अभावका कारण कर्जा प्रवाहमा रोक लगाउनु परिरहेको अवस्थामा समेत सिम्रिक साकोसले आफ्ना शेयर सदस्यहरुलाई निरन्तर कर्जा प्रवाह गर्न सफल हुनुले अहिले बैंक भन्दा बढी भरोषा र विश्वास बढदै गएको अभिमुखिकरण कार्यक्रममा सहभागि सदस्यहरुले बताएका थिए ।
झापा जिल्ला अन्तर्गत रहेका दमक नगर पालिका, कमल गाउँ पालिका र गौरिगञ्ज गाउँ पालिकामा रहेका ५ वटा सेवाकेन्द्रहरुका १५० शेयर सदस्यहरु सहित ५ वटै सेवाकेन्द्रका प्रमूखहरु, बजार प्रतिनिधिहरु कर्मचारहिरु सहितको सहभागिता रहेको उक्त अभिमुखिकरण कार्यक्रमको सहजिकरण बिर्तामोड नगर पालिकाका सरहकारी बिभाग प्रमूख डिल्ली प्रसाद दाहालले गर्नुभएको सिम्रिक साकोस दमक सेवाकेन्द्रका प्रमूख यज्ञ प्रसाद भट्टराईले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
बैशाख २१, २०८१ शुक्रबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार