दोलखामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते
नेपालबहस संवाददाता
फागुन २६, २०७८ बिहिबार १२:३६:५१
२६ फागुन दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
गैरीशङ्कर गाउँपालिका–४ झ्याकु गोर्पाङमा ना ६ त २७७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
दुर्घटनामा परी सोही वडा निवासी १५ वर्षीय ङाङ्छुङ शेर्पा, २१ वर्षीय आङ्फुर्वा शेर्पा, ५० वर्षीय पछिरी शेर्पा, १७ वर्षीय र आङ्टोपे शेर्पा घाइते भएका दोलखा प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए ।
घाइतेमध्ये १५ वर्षीय ङाङ्छुङ शेर्पाको निधारमा चोट लागेको कारण सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर रिफर गरिएको छ भने अन्य बिरामीको सिंगटी अस्पतालमा उपचार भइरहेको छ ।
गाउँपालिका वडा नं ४ गोर्पाङबाट ढुंगा लिएर झ्याकु जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई करिब २०० मिटर सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो
पुष ११, २०८१ बिहिबार
माग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार