कर्पोरेट ग्राहकका लागि एनआईसी एशिया बैंकले ल्यायो सर्वश्रेष्ठ तलब बचत खाताहरू: ४० लाखको निशुल्क बीमादेखि ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार १३:२०:२९
२७ फागुन, काठमाडौं । के तपाईले निजी व्यवसाय शुरु गर्नु भएको छ ? छ भने तपाईले खोलेका जुनसुकै उद्योग, पसल वा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई तलबभत्ता दिन एनआईसी एशिया बैंकमा खाता खोल्नु होला हैं । किनभने यस बैंकमा खाता खोल्ने प्रत्येक कर्पोरेट ग्राहकलाई बैंकले विभिन्न आकर्षक सेवासुविधाहरु दिने गरी योजना सार्वजनिक गरेको छ ।
“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” नारा लिएर पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा उदाएको एनआई्सी एशिया बैंकले सर्वश्रेष्ठ तलब बचत खाता सञ्चालनमा ल्याएको छ । बचतकर्ताहरुलाई निकै आकर्षक योजनाहरु उपलब्ध गराउने गरी ल्याइएको यो योजनामा सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा जागिर खाने सबैका लागि उत्तम देखिएको छ ।
विगत केही वर्षहरूमा आफूलाई पूँजी, वित्तीय विवरण, शाखा तथा एटीएम सञ्जाल लगायतका क्षेत्रहरूमा देशकै सबैभन्दा ठूला बैंकहरू मध्ये एक प्रमुख बैंकको रुपमा विशिष्ट पहिचान बनाएको छ । यस बैंकले देशकै मूख्य वित्तीय केन्द्रहरूमा आफ्नो ३५८ शाखा, ४७३ एटीएम काउन्टर, ८१ शाखारहित बैंकिङ र ७६ एक्सटेन्सन काउन्टरसहित सबैभन्दा ठूलो सञ्जाल निर्माण गरिसकेको छ ।
बैंकले हाल २८ लाख भन्दा बढी ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ, साथै, बलियो डिजिटल क्षमताहरू (Robust Digital Capabilities) हरू कार्यान्वयन गरी यो बैंक देशकै अग्रणी डिजिटल बैंक बन्न सफल भएको छ । आफ्ना ग्राहकलाई अनुभवमा आधारित उत्कृष्ट सेवा प्रदान गर्न समेत सफल रहेको छ । बैंकल आफ्नो डिजिटल वित्तीय सेवा विस्तारलाई गुणात्मक रुपमा वृद्धि गरिरहेको छ तथा अन्य बैंकहरूको तुलनामा निकै विकसित एवं ग्राहकमैत्री रहेको छ ।
बैंकले हाल बैंकिङ उद्योगमा रहेका पेरोल (Payroll) खाताहरू मध्ये पनि अझ उत्कृष्ट सेवा सुविधाहरू भएको अतुलनीय एवं विशिष्ट पेरोल (Payroll) खाताहरू ग्राहकमाँझ पस्केको छ, जसमा ३ प्रकारका सर्वश्रेष्ठ बीमा फाइदाहरू, ३ प्रकारका सर्वश्रेष्ठ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ प्रकारका अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू रहेका छन् ।
नेपालीहरूको बैंकिङ आवश्यकतालाई गहन रुपमा अध्ययन विश्लेषण गरी सो आवश्यकताहरू परिपुर्ति गर्न, ग्राहकहरूलाई असिमित बैंकिङ अनुभव प्रदान गर्न एवं उनीहरुको हर्षमा बृद्धि गर्ने उद्देश्यले बैंकले यसप्रकारको योजनामा थुप्रै प्रकारका विशेषताहरू थप गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ रोशनकुमार न्यौपानेले नेपालबहस डटकमलाई बताएका छन् ।
बैंकले ग्राहकहरूलाई प्रस्ताव गरेको सर्वश्रेष्ठ तलब खाता तीन भिन्न प्रकारको संस्करण (Variant) हरूमा उपलब्ध छन्, जुन विविध प्रकारका संस्थाहरूको आ–आफ्नो विशिष्ट आवश्यकताहरू परिपुर्ति गर्नका लागि डिजाइन गरिएको सीईओ न्यौपानेले बताए । उपरोक्त तीन प्रकारको संस्कर हरूको विशेषता एवं फाइदाहरू तल टेबलमा उल्लेख गरिएको छः
१. ब्याजदर र न्युनतम मौज्दात:-
२. खाता खोल्नको लागि आवश्यक कर्मचारी संख्या:-
३. बीमा सुविधा:-
४. सम्पत्ति अभिवृद्धि सुविधा:-
५.कर्जा सम्बन्धित फाईदाहरू:-
६. डिजिटल एण्ड ट्रन्जेक्सन बैंकिङ:-
७. प्रिभिलेज बैंकिङः-
बैंकले प्रस्ताव गरेको यस तलब बचत खाताहरू सबै ग्राहकहरुको व्यवसायिक आवश्यकतालाई गहन अध्ययन विश्लेषण गरेपश्चात् विकास गरिएको हुनाले सबै कर्पोरेट ग्राहकहरूका संस्थामा उपरोक्त उत्पादन (Product) हरूमार्फत निकै ठूलो व्यवसायिक योगदान दिन सक्नेमा बैंक विश्वस्त रहेको सीईओ न्यौपानेको भनाई छ ।
बैंकले सबै कर्पोरेट संस्थामा रहेका कर्मचारी संख्याको आधारमा उपरोक्त उल्लेखित Product Variant मध्ये ग्राहकको लागि उपयुक्त Variant बारे एनआईसी एशिया बैंकका देशभर छरिएर रहेका शाखा कार्यालयहरुबाट जानकारी लिन सकिने उनले बताए । साथै, यस प्रस्तावमा ग्राहकहरुको अमूल्य प्रतिक्रिया प्राप्त गर्न आफू उत्साहित रहेको न्यौपानेले बताए । आफ्ना ग्राहकहरुसँग दीर्घकालीन बैंकिङ साझेदारी (long term banking partnership) कायम गर्ने आफ्नो ठूलो चाहना रहेको सीईओ न्यौपानेले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार