संस्कृत विश्वविद्यालयलाई नवीन शैलीमा लान शिक्षामन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
फागुन २६, २०७८ बिहिबार २२:५७:५६
२६ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने भन्दै यस प्रकृतिका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयको ७४औँ सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए ।
मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योगविज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारीरिक एवम् मानसिक स्वास्थ्यसँग सम्बन्धित खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्ने उनको भनाइ छ ।
उनले शिक्षा क्षेत्रलाई कोरोनाले महत्वपूर्ण पाठ सिकाएको र यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुनसंरचित गरी अध्ययन अध्यापनका नवीन विकल्पहरू खोज्दै जानुपर्ने आवश्यकताबोध गराएको बताए ।
संस्कृत विश्वविद्यालयले सन् २०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन गर्ने भएको छ । मन्त्री पौडेलले विश्वविद्यालयको उक्त प्रयासको सराहना गर्दै मन्त्रालय सकारात्मक रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
पुष १५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार