कांग्रेस एक्लैले बहुमत ल्याउन सक्दैन्ः प्रधानमन्त्री देउवा
आबिद हुसेन
फागुन २६, २०७८ बिहिबार २३:५:३
२६ फागुन, बीरगञ्ज । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरू मिलेरै चुनावमा जाने संकेत गरेका छन् ।
बिहीवार बीरगञ्जमा नेपाली कांग्रेस पर्साका निर्वाचित पदाधिकारी र सदस्यहरुको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने स्पष्ट पारेका हुन् ।
नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले एक्लाएक्लै चुनाव लड्दा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनमा रहेका दलहरुसँग मिलेर चुनाव लड्ने बताए।
देउवाले भने ,‘अहिले एक्लै चुनाव लड्दा कुनैपनि दलले बहुमत ल्याउन सक्ने अवस्था देखिन्न, त्यसैले चुनावमा गठबन्धनका दलहरुसँग मिलेर कांग्रेसले चुनाव लड्नुपर्छ।’
उनले गठबन्धनका दलहरुसँग चिढ्याउने काम नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पनि गठबन्धनका दलहरु बीचको सहकार्य र एकता आवश्यक रहेको देउवाले बताए।
उनले दुवै छिमेकीसँग नेपालले समदुरी र सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्ने स्पष्ट पारे। कार्यक्रममा पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार नेपालीलाई नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार