भारतीय फिल्महरूको ‘लाइनअप’ कस्ताे छ ?
नेपालबहस संवाददाता
फागुन २६, २०७८ बिहिबार २३:५:५२
२६ फागुन, काठमाडौं । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर कम हुन थालेपछि फिल्म रिलिज हुने चर्चा पनि बढ्दो छ । कोरोनाभाइरसकै कारण रिलिज रोकिएका फिल्महरू छिटोभन्दा छिटो दर्शकसमक्ष पुग्न चाहन्छन् ।
फिल्मको विषयवस्तुमा ओटीटीमा आइरहेका कन्टेनले असर गर्ने डरसँगै कथा बाहिरिने डरले गर्दा पनि रिलिज रोकिएका फिल्महरू सक्दो छिटो दर्शकसमक्ष पुग्न आतुर छन् । बधाई दो, गंगुवाई कठियावाडी, झुण्ड लगायतका फिल्म हलमा पुगिसकेका छन् भने केही प्रतिक्षित फिल्महरू रिलिजको तयारीमा छन् । हामी यसैमध्येका केही प्रतिक्षित फिल्महरूको बारेमा चर्चा गर्दै छौँ ।
राधेश्याम
फिल्म ‘राधेश्याम’ ११ मार्चमा रिलिज हुने भएको छ । भारतमा कोरोनाभाइरसको तेस्रो लहर सुरु हुनु अगाडी राम्रो प्रचारप्रसार गरिसकेको हुँदा पनि निर्माण टिम फिल्मलाई सक्दो चाँडो दर्शकसमक्ष पुर्याउन चाहन्छन् । बाहुबलीमार्फत भारतीय स्टार बनेका प्रभास अभिनित फिल्म ‘राधेश्याम’मा उनको को–स्टार छिन् पूजा हेगडे । लभ स्टोरी देखाइने फिल्ममा भाग्य र मायाको लडाइँलाई प्रस्तुत गरिनेछ । फिल्मलाई ४०० करोडको हाराहारीमा निर्माण गरिएको छ । राधाकृष्ण कुमारको निर्देशनमा तयार फिल्मको ट्रेलरलाई दर्शकले रुचाइसकेका छन् ।
बच्चन पाण्डे
बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘बच्चन पाण्डे’ १८ मार्च १८ मा रिलिज हँुदै छ । साजिद नाडियाडवाला निर्माणमा बनेको फिल्ममा अक्षय शिर्ष भूमिकामा छन् । उनले एक ग्यांगस्टारको भूमिका निर्वाह गरेका छन् । फिल्मको फस्ट लुक सार्वजनिक भएदेखि नै अक्षयको लुक्सलाई फिल्मप्रेमीले तारिफ गरेका छन् ।
फिल्ममा अक्षयसँगै अरशद वारसी, कृति सेनन, ज्याक्लिन फर्नान्डिज, पंकज त्रिपाठीलगायतको मुख्य अभिनय छ । फरहाद साम्जीको निर्देशनमा बनेको यस फिल्मलाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।
आरआरआर
निर्देशक एसएस राजमौलीले ‘बाहुबली’ सिरिजपश्चात निर्देशन गरेको मात्र नभई साउथका दुइ स्टार जुनिएर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि यो फिल्म ‘आरआरआर’ प्रतिक्षित छ । यसमा बलिउडका कलाकारहरू अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतिक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ ।
यसको रिलिज ७ जनवरीमा गर्ने भनि पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो त्रासका कारण रोकियो । यद्यपि कोरोनाभाइरस विस्तारै नियन्त्रणमा आउने भएपछि फिल्म युनिटले २५ मार्चमा दर्शकसमक्ष पुग्ने निश्चित गरेको हो । बहुबालीपछि दर्शकमाझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ ।
अनेक
आयुष्मान खुराना अभिनित फिल्म ‘अनेक’ आश गरिएको एक फिल्म हो । बलिउड शैलीभन्दा केही भिन्न रहेर फिल्म निर्माण गर्दै आइरहेको अनुभव सिन्हासँग आयुष्मानले आर्टिकल १५ पश्चात यसमा टीमअप गरेका छन् । भूषण कुमार र अनुभवले मिलेर निर्माण गरेको फिल्म १३ मेमा रिलिज हुने भएको छ ।
भुलभुलैया २
सन् २००७ को चर्चित हरर कमेडी फिल्म ‘भुलभुलैया २’ यो वर्षको प्रतिक्षित फिल्ममध्ये पर्छ । अक्षय कुमार र विद्या वालन अभिनित फिल्मको सिक्वेलमा भने कार्तिक आर्यनको प्रमुख अभिनय छ । २० मेमा प्रदर्शनमा आउने यस फिल्ममा आर्यनसँगै तब्बु र कियारा एड्वानीको अभिनय रहेको फिल्मलाई अनिस बाज्मीले निर्देशन गरेका हुन् ।
लाल सिंह चड्डा
कोरोनाभाइरसले उत्पन्न गरेको अवस्थाले गर्दा आमीर खानको फिल्म ‘लाल सिंह चड्डा’ एक वर्षपछि धकेलिएको थियो । गत वर्षकै क्रिसमसमा रिलिज गरिने भनिएको फिल्म आउँदो अप्रिलमा रिलिज गर्ने निर्माण टीमले जनाएको छ ।
फिल्म १४ अप्रिलमै हलमा आउने आमीरले विज्ञप्तिमार्फत जनाएका छन् । ओस्कार विजेता टम ह्याक्सको ‘फरेस्ट गम्प’ मा आधारित फिल्म ‘लाल सिंह चड्डा’मा आमीर शिर्ष भूमिकामा छन् । फिल्ममा उनको बाल्य अवस्थादेखि वृद्ध अवस्थासम्मको यात्रा र बदलिँदो संसारलाई देखाइनेछ ।
यसमा आमीरको अपोजिट कास्टमा करीना कपूर खान छिन् । फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् । कोरोना भाइरसको असर कम हुँदै गएपछि भारतीय फिल्महरू रिलिजको लागि डेट छलफलमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार