प्रतिबन्धित भारतीय नोटसहित २ थाई महिला पक्राउ
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार १९:१०:३०
२७ फागुन काठमाडौं । नेपालमा प्रतिबन्धित २ हजार र ५ सय दरको भारतीय नोटसहित २ जना थाई नागरिक पक्राउ परेका छन् ।
अवैध रूपमा लुकाई छिपाई लैजान लागेको २ हजार दरको ४ थान र ५ सय दरको ५७३ थान गरी २ लाख ९४ हजार ५ सय भारतीय रूपैयाँसहित थाई नागरिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ३२ वर्षीया वाङविसा जन्टासन र ४१ वर्षीया वारापर्न खुन्सोबट रहेका छन् ।
भिस्टारा एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका उनीहरूलाई एक्सरे मेसिनमा प्रहरीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारेको हो ।
उनीहरूमध्ये वाङविसासँग १ लाख ७९ हजार ५ सय तथा वारापर्नको साथबाट १ लाख १५ हजार भारतीय रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार