स्वतन्त्रताको नाममा अनियन्त्रित ढंगले छाडापन मौलायोः अध्यक्ष ओली
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार २०:१:५०
२७ फागुन, पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताको नाममा पछिल्लो समय बढी अनियन्त्रित र छाडापन मौलाएको बताएका छन् । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनलाई शुक्रबार पोखरामा उद्घाटन गर्दै ओलीले आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न नसकेको बताए ।
उनले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म छाडापन देखिएको भन्दै आवश्यकता भन्दा बढी अनियन्त्रित र छाडा हुँदा स्वतन्त्रताको सदुपयोग हुन नसक्ने स्थिति देखिएको र आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्छने बताए ।
ओलीले नेपालमा शासकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको उल्लेख गरे । देशमा प्रेस र प्रेस स्वतन्त्रताको इतिहास लामो नरहेको बताउँदै उनले राणाकाल र राजाको शासन हुँदासम्म प्रेस स्वतन्त्रता नफक्रिएको बताए ।
नेपाली काँग्रेसले भागेको राजा काँधमा बोकेर ल्याएको उल्लेख गर्दै कांग्रेसले कहिले पनि राजाको विरोध नगरेको उल्लेख गरे । उनले २०४६ पछि मात्रै प्रेस स्वतन्त्रताको उपभोग गर्न पाइएको बताए ।
ओलीले प्रेस स्वतन्त्रता भनेको स्वतन्त्रतासम्बन्धी मानवीय चेतनासँगको विषय भएको बताउँदै मानवजातिको विकास हुँदादेखि नै सञ्चार रहेको र सञ्चारको रुप विकास हुँदै आधुनिकताको अहिलेको अवस्थामा आइपुगेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
पुष ३, २०८१ बुधबार
जापानको होन्डा र निसानबीच एकीकरणका लागि प्रारम्भिक वार्ता
पुष ३, २०८१ बुधबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार