व्यवसायीले एमसीसी परियोजनाका ठेक्कामा हिम्मत देखाउनुपर्छः प्रधानमन्त्री देउवा
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार २०:२४:३१
२७ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले एमसीसी परियोजनाका ठेक्कामा चासो राख्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । देउवाले एमसीसी परियोजनाहरु निर्माणका लागि एमसीए–नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभा काठमाडौंमा उद्घाटन गर्दै देउवाले ग्लोबल टेन्डरमा नेपाली व्यवसायीहरले पनि भाग लिने हिम्मत गर्नुपर्ने बताए । एमसीसीको टेन्डरबाट नेपाली कम्पनी छानिएमा आफू खुसी हुने भन्दै देउवाले एमसीसीको टेन्डरमा सफल भए आफुले धन्याद दिने बताए ।
अमेरिकाको कानुनका कारण अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने भन्दै जुनसुकै देशका कम्पनी पनि एमसीसीको परियोजना निर्माणका लागि आउन सक्ने देउवाको दावी छ ।
उनले भने,‘चीनकै पनि कम्पनी आउन सक्छन्, भारतको पनि आउनसक्छन्,’ नेपालकौ वा अरु देशका कम्पनीले पनि प्रतिस्पर्धा गर्न सक्छन् ।’ उनले एसमीसीको ५० करोड डलर सहयोगअन्तरगत ३१५ किलोमिटर प्रसारणलाइन र ७७ किलोमिटर सडक विस्तारको काम हुँने बताए ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले बिजुलीको तारमा झुन्डिएर विदेशी सेना नआउने बताउँदै विगतमा रहेको लोडसेडिङको समस्यालाई फेरि आउन नदिन एमसीसी परियोजनालाई स्वीकार गरिएको बताए ।
प्रधानमन्त्री देउबाले पद नै धरापमा परेपनि एमसीसी पास गर्ने दृढता देखाएको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायसामु देशको विश्वसनियता बचाउन पनि एमसीसी परियोजना स्वीकारिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
पुष ३, २०८१ बुधबार
जापानको होन्डा र निसानबीच एकीकरणका लागि प्रारम्भिक वार्ता
पुष ३, २०८१ बुधबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार