जबराविरुद्धको महाअभियोगबारे हुंने छलफलको समय आइतबार तोकिने
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार २०:४१:१६
२७ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराविरुद्धको महाअभियोगमाथि कहिलेबाट छलफल सुरु गर्ने भन्न विषय आइतबार टुंङ्गिने भएको छ ।
प्रतिनिधिसभाको बैठकमा पेशहुने सम्भावित कार्यसूचीमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने समय तोकिने विषय परेकाले आइतबार यसको समय र मिति तोकिने भएको हो ।
संघीय संसद सचिवालयको सम्भावित कार्यसूचीअनुसार आइतबार महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय तोकिनेछ । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने छन् ।
यही फागुन १ गते जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । सत्तारुढ गठबन्धनको तर्फबाट दर्ता भएको महाअधियोग प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।
महाअभियोगको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन् । बाँकी ९५ जना सांसद सकर्थक रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार