सात महिनामा सरकारको पुँजीगत खर्च ५ खर्ब ९१ अर्ब
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार २१:३०:२२
२७ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा सरकारले पुँजीगत खर्च गर्न नसकेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार गत साउनदेखि माघ महिनासम्ममा संघीय सरकारले कूल ५ खर्ब ९१ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ ।
सरकारले खर्च गरेको रकममध्ये चालु खर्चतर्फ ४ खर्ब ७५ अर्ब ६२ करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ ६० अर्ब ७९ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ५४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
वितेको सात महिनामा सरकारले कुल राजस्व ६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकमसमेत) परिचालन भएको छ ।राजस्वमध्ये कर तर्फ ५ खर्ब ६० अर्ब ८४ करोड र गैर–कर राजस्व तर्फ ५२ अर्ब ५७ करोड परिचालन भएको छ ।
पछिल्लो सात महिनामा संघीय सरकारले ट्रेजरी विलमार्फत् २३ अर्ब रुपैयाँ र विकास ऋणपत्रमार्फत २९ अर्ब ५० करोड रुपैयाँ गरी कूल ५२ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
यस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार