माओवादी छाडेर जानेहरुलाई विजुक्छेको पार्टीमा जान दाहालको सुझाव
सरला बैजु
फागुन २९, २०७८ आइतबार १७:३९:४८
२९ फागुन, बिराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई कारण देखाई पार्टी छाडेर जाने माओवादीका नेता तथा कार्यकताहरुलाई एमालेमा भन्दा किरण, विप्लव वा नरायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टीमा जान सुझाव दिएका छन् ।
अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदन गरेका कारण पार्टी छाडेका नेताहरुप्रति कडा टिप्पणी गर्दै कसैलाई पनि एमालेमा नजान र एमाले गएकाहरु विचित्र गरेको बताए । संसदमा एमसीसीको सबभन्दा चर्को विरोध नारायणमान विजुक्छेजीको पार्टीले गरेको भन्दै त्यहाँ गए मात्रै विरोध र पार्टी छाडेको अर्थ हुने बताए ।
बिराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा हेलचेक्राई गरिए आफुलाई मान्य नहुने र एमसीसी भोलिको आन्दोलनको विषय हुने बताए ।
व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा लानुपर्ने उनको भनाई छ । हालै माओवादी केन्द्रबाट केहि नेता तथा कार्यकर्ताहरु एमालेमा गएपछि प्रचण्डले यस्तो बताएका हुन ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई कसैले पनि मिनिमाइज नगर्न नहुने बताए ।प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार