समयमै अन्तर्वार्ता नगराएको भन्दै लोक सेवामा नासुको धर्ना
सरला बैजु
फागुन २९, २०७८ आइतबार १८:२६:२२
२९ फागुन, काठमाडौं । समयमै अन्तर्वार्ता नगराएको विरोधमा लिखित परीक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरूले लोक सेवा आयोगमा धर्ना दिएका छन् । उनीहरूले आइतबार लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् ।
गत भदौमा लिखित परीक्षाको नतिजा प्रकाशित भए पनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा भविष्य अन्योलमा परेको उनीहरूको भनाई छ । आयोगको ध्यानाकर्षणका लागि धर्ना दिएको उनीहरुले बताए ।
परीक्षामा उत्तीर्ण भएर पनि अन्तर्वार्ता नहुँदा ४÷५ सय नासुको भविष्य अन्योल भएको लिखित परीक्षामा सफल भएकाहरूको भनाई छ । अदालतमा मुद्दा परेपछि गत भदौदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो ।
अदलतले रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशीघ्र सञ्चालन गर्न आदेश दिइसके पनि आयोगले काम अघि बढाएको छैन । आयोगले धर्नामा आएका नासुमा नाम निकालेकाहरूलाईे अदालतको आदेश अस्पष्ट भएको भन्दै कानुनी परामर्श गरेर काम अघि बढाउने बताएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार