नेपाल निर्माण व्यवसायी महासंघको मतदान जारी
सरला बैजु
फागुन २९, २०७८ आइतबार १९:२:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/275541107_1100739447373588_4346643677390163103_n_fwRWfxFz9m.jpg)
२९ फागुन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । अध्यक्ष पदबाट कसैले पनि उम्मेदवानरी फिर्ता नलिएपछि मतदान सुरु भएको थियो । मतदानमा एक हजार १९८ प्रतिनिधि सहभागी हुनेछन् ।
महासंघको अध्यक्षका लागि निकोलस पाण्डे, रवि सिंह, र हुमनाथ कोइरालाले अध्यक्षमा उमेदवारी दिएका छन् । सिंह वर्तमान कार्यसमितिका अध्यक्ष हुन् भने पाण्डे वरिष्ठ उपाध्यक्ष हुन् । सिंह र पाण्डेबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
पाण्डे र सिंहले प्यानलसहित चुनाव लडेका छन् । पाण्डेको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मण राना, एसोसिएट उपाध्यक्षमा रामजी पन्त छन् । महासचिवमा वासुदेव उप्रेती छन् । सिंहको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा आङदोर्जे लामा, एसोसिएट उपाध्यक्षमा अच्युतप्रसाद खरेल र महासचिवमा रोशन दाहाल छन् ।
पाण्डे कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक हुन् भने सिंहको निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवा रहेको छ । यस्तै, कोइरालाको विकोइ विल्र्डस रहेको छ ।
मधेस प्रदेशका उपाध्यक्षमा शम्भु ठाकुर, कर्णाली प्रदेशका उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर सेठी निर्विरोध निर्वाचित भइसकेका छन् ।
।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसी बजारमा लागेको आगोबाट सात करोड ३० लाख बराबरको क्षति
फागुन ५, २०८१ सोमबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार