जसपा बैठकमा उम्मेदवारको मापदण्डसहित निर्वाचन निर्देशिका प्रस्तुत
सरला बैजु
फागुन २९, २०७८ आइतबार २०:४६:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/jasapa-jsp-ccm_09nMwNJIFW_kXT2KoV6r5.jpg)
२९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनमा उम्मेदवारका मापदण्डसहितको निर्देशिका पेश गरिएको छ । पार्टीका कार्यकारिणी समिति सदस्य नवराज सुवेदीले निर्देशिका प्रस्तुत गरेको निर्देशिकामा पार्टीको तर्फबाट स्थानीय तहको उम्मेदवार बन्नका लागि अवधारणाहरु तय गरिएको छ ।
बैठकमा पार्टीका नेता रकम चेमजोङले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् । जसमा आगामी चुनावसम्म अहिलेको सत्ता गठबन्धन कायम रहने प्रस्ताव गरिएको छ । यस्तै स्थानीय तहको चुनाव मिति घोषणाको स्वागत, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै त्यसलाई कार्यान्वन गर्न प्रस्तावमार्फत माग गरिएको छ ।
आगामी निर्वाचनमा उम्मेदवार बन्नका लागि पार्टीको सिद्धान्त प्रति प्रतिवद्ध भएको हुनपर्ने, पार्टीमा संगठित र सक्रिय भएको हुनुपर्ने, समाजिक काममा सक्रिय भएको हुनुपर्ने, स्वच्छ छविको हुनुपर्ने, भुगोल बुझेको हुनुपर्ने लगायतका योग्यता प्रस्ताव गरिएको छ ।
निर्देशिकामा उम्मेदवारको चयन स्थानीय तहबाट गर्ने, पालिका तहबाट ३ जनाको नाममा छलफल गरी त्यसमध्ये एकजना उम्मेदवार चयन गर्ने भनिएको छ । पालिका तहमा सहमति नभए माथिल्लो निकायमा पठाइने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिका केन्द्रीय कमिटीले पास गरेपछि कार्यान्वयनमा जानेछ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार