नजिकिँदै निर्वाचनमा गर्माउँदो राजनीतिः जनचाहना वैकल्पिक शक्तिको, पकड पुरानै दलको
भेषराज पोखरेल
फागुन २९, २०७८ सोमबार २:२४:३७
स्थानीय तहकाे निर्वाचन नजिकिँदै छ । पहिलेदेखि स्थापित राजनीतिक दलहरु र नयाँ दलहरुसमेत निर्वाचन आयोगमा दर्ता भइसकेका छन् । पहिलेदेखि सत्ता र शक्तिमा रहेका दलहरुलाई अति महत्वपूर्ण निकाय स्थानीय तहको सत्ता कसरी हात पार्ने भन्ने चिन्ता छ भने नेकपा विभाजन भएर बनेका माओवादी केन्द्र र एकीकृत समाजवादी दलहरुलाई कांग्रेस र एमालेको शक्तिका सामू कसरी आफ्नो अस्तित्व जोगाएर जनसमर्थन बटुल्ने भन्ने चिन्ता देखिन्छ ।
स्थानीय तहको निर्वाचन हुने अवस्थासम्म आइपुग्दा सत्ता र शक्तिमा रहेका दलहरु आमजनताको नजरमा अब्बल बन्न सकेका छैनन् ।जुनसुकै दलको सरकार भएपनि भ्रष्टाचार कम भएन, सुशासन पाउन सकिएन, विकासको गति उस्तै,चरम महँगी, आमजनताको जीवनस्तरमा कुनै पनि सुधारका काम भएनन्, सरकारले कर उठाउन मात्रै जोड दिए भन्ने जनआवाज निरन्तर आइरहेका छन् ।
नेपालमा वैकल्पिक राजनीतिक शक्तिको चर्चा जहिले पनि आइरहन्छ तर राज्यशक्तिका वरिपरि रहेका परम्परागत राजनीतिक दललाई टक्कर दिने शक्ति अगाडि आउन सकेको छैन ।
यही पृष्ठभूमिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनतासमाजवादी बाहेकका कुनै वैकल्पिक राजनीतिक शक्ति अगाडि आउन सक्लान् ? वा कांग्रेस, एमालेका विकल्प सत्ता साझेदार अरु दलहरु बन्न सफल होलान् ? जनचासोको विषय बन्न गएको छ ।
पछिल्लो समय संसारमै लोकतन्त्रवादी शक्तिहरु रक्षात्मक बन्दै गएका छन् । उग्रराष्ट्रवादीहरु, विकासको नाम लिएर हल्ला फैलाई जनतामा भ्रम सिर्जना गर्नेहरु अगाडि आइरहेका छन् । प्रजातन्त्र अर्थात् लोकतन्त्रका अधारमूत मूल्यमान्यतालाई वास्ता नगर्ने, राष्टवादका नारा जोरजुलुमसँग लगाउने, व्यवस्थित विकासका योजना नभएर तिलस्मी सपना बाँडेर जनताको मत तान्ने तथा धर्मको विषयलाई उठाएर, जातिवादलाई उचालेर जनमतमा प्रभाव पार्ने नेताहरु तथा शक्तिहरु अगाडि आउन थालेका छन् ।
यसले कतिपय राष्ट्रमा आन्तरिक युद्ध नै चर्किएका छन् । कतिपय राष्ट्रमा लोकतन्त्रका मूल्यमान्यता भत्कँदै गएर समाज नै विकृत बन्ने खतरा बढेर गएको छ । यही अवस्थामा नेपालमा पनि परम्परागत राजनीतिक शक्तिको विकल्पतिर पनि जनताको ध्यान जान थालेको छ । नेपालमा वैकल्पिक राजनीतिक शक्तिको चर्चा जहिले पनि आइरहन्छ तर राज्यशक्तिका वरिपरि रहेका परम्परागत राजनीतिक दललाई टक्कर दिने शक्ति अगाडि आउन सकेको छैन ।
व्यवस्थित रुपमा काम गर्ने, सत्तामा बस्नेहरुका गलत कामको सार्थक विरोध गर्ने र जनताको पक्षमा आवाज निरन्तर उठाइरहने हो भने जनताले आफ्नो ठान्दा रहेछन् भन्ने उदाहरण पनि देखिएका छन् । भारतमा आमआदमी पार्टीले राष्ट्रको राजधानी दिल्लीमा तीन कार्यकाल सत्ता चलाइसकेको छ भने अहिले नरेन्द्र मोदीको विकासको लहरको नारा र कांग्रेसको परम्परागत शक्तिलाई पञ्जाव प्रान्तमा ढलाउन सफल भएको छ । नेपालमा यस्तै इमान्दार राजनीतिक शक्तिको खोजी त भइरहेको छ तर अहिलेसम्म त्यस्तो इमान्दार राजनीतिक शक्ति अगाडि आएको छैन ।
पछिल्लो समय भ्रष्टाचारको विरुद्धमा जाने, विकासको लहर ल्याउने भन्दै पूर्वप्रहरी अधिकारी रमेश खरेलले पार्टी गठन गरेका छन् । अर्को, नेपालको परम्परागत धर्म, संस्कार, वैदिक नीति अनुसार राज्यसंयन्त्र तयार गर्ने तथा त्यही अनुसार समाजलाई अघि बढाउने भन्दै जरोकिलो पार्टी गठन भएको छ ।
नेपालमा कांग्रेस र एमालेको विकल्प दिने भन्दै दश वर्ष विद्रोही युद्ध लडेर आएको माओवादी पहिलो संविधानसभामा पहिलो दल बन्न सफल भयो । युद्धको समयमा जे जसो भएपनि शान्ति प्रक्रियामा आएपछि माओवादी दलमाथि जनताले भरोसा गरे । तर छोटो समयमै शीर्ष नेताहरुको सत्ता सञ्चालन, काम गराई, सोंच र व्यवहार तथा भनाई र गराईमा भएको ठूलो अन्तरले गर्दा जनताको भरोसा टुट्न गयो ।
अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेससँग सहकार्य नभएको भए, ओलीको विकासको हुँकारसहितको आह्वानमा सामेल नभएको भए माओवादी अस्तित्वको ठूलै संकटमा पुग्ने थियो । नेकपाबाट अलग भएर आएपछि पुनः अस्तित्वको संकट व्यहोर्दै छ । अहिले पनि कसैसँग गठबन्धन नगरी निवाचनमा जाने हो भने अस्तिस्त्व बचाउन हम्मे पर्ने अवस्था छ । ओलीको संविधान मिच्ने दुस्साहसपछि अलग भएको एकीकृत समाजवादीले वैकल्पिक शक्तिका रुपमा उदाउने सपना त देखेको छ तर केन्द्रीय सरकारका मन्त्रीहरुको काम गराई, प्रदेशहरुमा मुख्यमन्त्री र मन्त्रीहरुको काम गराई तथा शीर्ष नेताहरुको मनस्थिति हेर्दा जनताले कांग्रेस र ओली नेतृत्वको एमालेको विकल्पको उपयुक्त शक्ति मान्लान् जस्तो देखिदैनन् ।
यस्तो अवस्थामा संवैधानिक इजलाशको फैसलालाई अवैध मान्ने, आफ्नो हातमा सत्ता आए आफूले गरेको संविधान मिच्ने कामलाई जसरी पनि पूरा गरिछाड्ने भन्दै कुर्लिरहने ओली अनुमोदित पो हुने हुन् कि भन्ने डर बढ्न गएको छ । उनको विकासे सपनाको फुंकारले जनतालाई तान्ने पो हो कि, कांग्रेसले आफूलाई सुधारेर जनताको सामू अब्बल बन्न सक्ने होइन कि भन्ने ठूलो त्रास बढेर गएको छ ।
दास्रो संविधानसभामा धार्मिक मुद्दा उठाएर आफूलाई वैकल्पिक शक्ति मान्ने सपना देखेको कमल थापा नेतृत्वको राप्रपाले समानुपातिक मत त राम्रै पायो तर मतको दुरुपयोग गर्ने थापाको कार्यले तत्कालै जनताको मोह भंग हुन पुग्यो । अब राप्रपा र राप्रपा नेपाल दुवैले जनतालाई राजनीतिको विकल्प दिन सक्ने देखिँदैन । काठमाडौं महानगरमा रञ्जु दर्शनालाई उठाएको विवेकशील दलले राम्रो मत बटुले पनि पछिल्लो समय विवेकशील साझा बन्दै रवीन्द्र मिश्रसँग अलग भएर अस्तित्वको संकटमा छ । आफूलाई बौद्धिक नेताका रुपमा मान्ने रवीन्द्र मिश्रको उट्पट्यांग राजनीति जनआनुमोदन हुन गाह्रो छ ।
पछिल्लो समय भ्रष्टाचारको विरुद्धमा जाने, विकासको लहर ल्याउने भन्दै पूर्वप्रहरी अधिकारी रमेश खरेलले पार्टी गठन गरेका छन् । अर्को, नेपालको परम्परागत धर्म, संस्कार, वैदिक नीति अनुसार राज्यसंयन्त्र तयार गर्ने तथा त्यही अनुसार समाजलाई अघि बढाउने भन्दै जरोकिलो पार्टी गठन भएको छ । त्यस्तै, कम्युनिष्टबाटै अलग हुँदै बनेका अनेकौं साना पार्टीले पनि आफूहरु साँच्चै आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रुपमा उभ्याउने भने पनि अहिलेसम्मको अवस्थालाई हेर्दा त्यस्तो देखिँदैन ।
नेपालमा वैकल्पिक राजनीतिक शक्तिको खोजी भइरहेको छ तर कुनै पनि शक्तिले आफूलाई जनताको आँखामा खरो उत्रन सकेको देखिँदैन । यस्तो अवस्थामा संवैधानिक इजलाशको फैसलालाई अवैध मान्ने, आफ्नो हातमा सत्ता आए आफूले गरेको संविधान मिच्ने कामलाई जसरी पनि पूरा गरिछाड्ने भन्दै कुर्लिरहने ओली अनुमोदित पो हुने हुन् कि भन्ने डर बढ्न गएको छ । उनको विकासे सपनाको फुंकारले जनतालाई तान्ने पो हो कि, कांग्रेसले आफूलाई सुधारेर जनताको सामू अब्बल बन्न सक्ने होइन कि भन्ने ठूलो त्रास बढेर गएको छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार