एनआरएनए विभाजित हुने अवस्थामा पुगेपछि शेष घले सक्रिय
नेपालबहस संवाददाता
फागुन २९, २०७८ आइतबार २२:२९:३
२९ फागुन, सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रतिनिधि विवादका कारण विभाजित हुने अवस्थामा पुगेपछि संस्थाको संरक्षणका लागि संघका प्रमुख संरक्षक शेष घले सक्रिय भएका छन् । संघको कामचलाउ समितिले एकपक्षीय रूपमा निर्वाचन गराउन खोजेपछि घलेले प्रमुख संरक्षकको अधिकार प्रयोग गर्दै संघको दसौं महाधिवेशन तथा निर्वाचनको घोषणा गरेका हुन् ।
केही दिनअघि सम्पन्न संघका राष्ट्रिय समन्वय समितिहरूको बैठकले घलेलाई संघको विधानअनुसार अधिवेशन सम्पन्न गर्न अनुरोध गरेको थियो । सोहीअनुसार घलेले दसौं महाधिवेशन तयारीका लागि संघकै उपाध्यक्ष सोनाम लामा संयोजक र अर्का उपाध्यक्ष मन केसी सहसंयोजक रहेको महाधिवेशन तयारी समिति गठन गरेका छन् । उनले निर्वाचन समिति पनि पुनर्गठन गरेका छन् ।
संघको विधान २००३ ९२०२१ संशोधनसहित० को धारा १६।१।४ अनुसार प्रमुख संरक्षक घलेले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै अधिवेशन तयारी समिति गठन गरेका हुन् । जसअनुसार निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल ९अमेरिका० लाई मनोनयन गरिएको छ । घलेले दसौं अधिवेशन २२ देखि २५ मार्चसम्म काठमाडौंमा आयोजना हुने गरी मिति तोकेका छन् । संघको विधानअनुसार गत २३(२५ अक्टोबरमा अधिवेशनको तयारी गरिए पनि प्रतिनिधि छनोटको प्रक्रियागत विवादका कारण अधिवेशन स्थगित भएको थियो ।
त्यसपछि गत १५ डिसेम्बरमा पुनः अर्को निर्वाचनको मिति तय गरियो । तर वर्तमान नेतृत्वले प्रतिनिधि विवाद समाधान नगरी जबर्जस्ती अधिवेशन गर्ने प्रयास गरेकोले त्यो पनि सम्भव भएन । संघको कार्यसमितिले विवाद सुल्झाउनुको सट्टा गत मार्च २ मा आकस्मिक बैठक बसी विधानविपरीत उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेज गर्ने निर्णय गरेपछि विवाद झनै चुलिएको थियो ।
प्रतिनिधि विवाद समाधानका लागि संघको कार्यसमितिले प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा पूर्वसभापतिहरू र वर्तमान सभापति कुमार पन्त सम्मिलित सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । तर उच्चस्तरीय समितिले काम गरिरहेको अवस्थामा कामचलाउ समितिका अध्यक्ष पन्त नेतृत्वको समितिले अधिवेशनको मिति घोषणा गर्दै प्रतिनिधिको नामावली निर्वाचन समितिमा पठायो । उच्चस्तरीय समितिले महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन निर्वाचन समितिमा दाबी विरोध पठाएपछि पन्तले आईसीसीको बैठक बोलाई अल्पमतको उपस्थितिमा विधानविपरीत उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेज गर्नेलगायतका निर्णय गरेपछि विवाद देखिएको हो ।
प्रमुख संरक्षक घलेले शुक्रबार कामचलाउ समितिले अगाडि बढाएका निर्वाचन र महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया खारेज गर्दै नयाँ प्रक्रिया सुरु गरेका हुन् । कामचलाउ समितिले सुरु गरेको निर्वाचन प्रक्रियामा संस्थाको सुधारको माग गर्दै आइरहेका बहुसंख्यक एनसीसीहरू र अभियन्ताहरू सहभागी नभएपछि घले सक्रिय भएका हुन् । संस्थापनको एकपक्षीय हर्कतले संस्था विभाजन हुने अवस्थामा पुगेपछि संस्थाको रक्षाका लागि कदम चाल्नु परेको घलेको भनाइ छ ।
संस्थापन पक्षले एकपक्षीय सुरु गरेको निर्वाचन प्रक्रियामा संघका बहुमत पञ्जीकृत सदस्यहरूको सहभागिता छैन । एक लाख हाराहारीमा सदस्य रहेको एनआरएनमा सबैभन्दा बढी सदस्य अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र जापानमा छन् । एनसीसी जापानको निर्वाचन प्रक्रियामा केही विवाद रहे पनि विधिसम्मत निर्वाचनबाट चुनिएका अन्य चार एनसीसीलाई पन्तले अकस्मात विघटन गरिदिएपछि पनि संस्था विभाजनको संघारमा पुगेको थियो । विभाजनको जोखिम टार्न प्रमुख संरक्षकले विधानले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्वाचन प्रक्रिया थालनी गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १५, २०८१ शनिबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार