एमाले संवेदनशील भए दलीय सहमतिमा नागरिकता विधेयक पारित हुन्छः कानुनमन्त्री बडु
नेपालबहस संवाददाता
फागुन २९, २०७८ आइतबार २२:४१:१३
२९ फागुन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदमा जिम्मेवार भएर प्रस्तुत भए दलीय सहमतिका साथ नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु संसदबाट पास गराउन सरकारले चाहिरहेको बताएका छन् ।
उनले एमालेको लगातारको संसद अवरोधका कारण तत्काल आवश्यक रहेका धेरै विधेयकहरु विचाराधीन रहेको बताए । अहिले नागरिकता विधेयक पारित गराउन सहमति आवश्यक भएको बताउँदै एमालेले संसद अवरोध खोले यसमा दलीय सहमति पनि जुट्ने बताए ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बडुले महत्वपूर्ण विधेयक दलीय सहमतिबाट संसदमा पेश र पारित गर्नुपर्ने भन्दै एमाले संवेदनशील नभएका कारण रोकिएको बताए ।
धरै विषयहरु दलीय सहमति बनाएर निश्कर्षमा पुर्याउनुपर्ने भएकाले प्रक्रिया अनुसार विधेयकहरु पारित गराउन अरु भन्दा पहिले एमाले संवेदनशील हुनुपर्ने बताए ।
जनताका जल्दाबल्दा समस्या सम्बन्ध विधेयक विचाराधीन रहेको भन्दै उनले ती विधेयकमाथिको छलफलमा एमाले सहभागी हुनुपर्ने बताए । एमाले जिम्मेवार बनेर संसद मार्फत जनताप्रतिको उत्तरदायित्व पूरा गर्ने, छलफलमा भाग लिने र सबै विधेयकको छलफलमा एमालेको सहभागिता हुनुपने मन्त्री बडुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार