कांग्रेसभित्रका राम्रा कामको प्रचार गर्न कार्यकर्तालाई महामन्त्री शर्माको आग्रह
नेपालबहस संवाददाता
फागुन २९, २०७८ आइतबार २३:१:३९
२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले विगतमा गरेका राम्रा कामको प्रचार गर्न नसक्दाको पाठ सिक्न कार्यकर्ताहरुलाई आग्रह गरेकका छन् । विगतमा पनि कांग्रेसले धेरै राम्रा काम गरेको तर त्यसको मुल्याकन र प्रचार हुन नसकेको शमाले बताए ।
चुनावी प्रचार अभियानका क्रममा उदयपुर पुगेका महामन्त्री शर्माले कांग्रेसकै कार्यकर्तामा अझै पनि कम्युनिस्टले गरेका काम देख्ने तर आफ्नै दलले गरेका कार्य नदेख्ने प्रवृत्ति रहेको बताउँदै यस्तो प्रबृतिलाई सवैले बदल्न आवस्यक भएको बताए ।
कांग्रेस लिएको नीति र उसले गरेका कामलाई हेरेर नागरिकले मत दिने भएकाले कांग्रेसले गरेका कार्यलाई प्रस्टसंग जनतामाझ लानुपर्ने उनको भनाई छ ।
चुनावी अभियानको प्रारम्भमा निर्वाचनको माहोल बनाउन उनले कार्यकर्तालाई सुझाए । माहोल बनाइसकेपछि कांग्रेस जिताउन सक्रियातापूर्वक लाग्न आग्रह गर्दै निर्वाचन स्वस्थ प्रतिस्पर्धात्मक बनाउने कार्यमा लाग्न कार्यकर्तालाई अुनरोध गरे ।
कांग्रेसमा सक्रिय सबै कार्यकर्तालाई उचित जिम्मेवारीसहित निर्वाचन प्रचारमा खटाउने नीति पार्टीले लिएको शर्माले बताए । उनले जिम्मेवारीको भारीलाई कुशलतापूर्वक निर्वाह गर्न पनि सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
पुष ३, २०८१ बुधबार
जापानको होन्डा र निसानबीच एकीकरणका लागि प्रारम्भिक वार्ता
पुष ३, २०८१ बुधबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार