स्थानीय सरकार भन्दा चित्त बुझ्छ भने ‘तह’ हटाउन संविधान संशोधन गरौँलाः प्रधानमन्त्री देउवा
नेपालबहस संवाददाता
फागुन २९, २०७८ आइतबार २३:२१:१२
२९ फागुन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहहरुले नाममा भन्दा काममा ध्यान दिन आवस्यक भएको भन्दै नामका विषयमा धेरै चित्त नदुखाउन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
जनप्रतिनिधिहरुले स्थानीय ‘तह’ भन्दा स्थानीय ‘सरकार’ राम्रो हुने भन्दै गुनासो गरेपछि प्रधानमन्त्री देउवाले यसका लागि दलीय सहमति जुटाएर संविधान संशोधन गर्नुपर्ने भएकाले आफु त्यसका लागि तयार रहेको बताए ।
नेपाल नगरपालिका संघको २९ औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नगरपालिकाका जनप्रतिनिधिहरूलाई सेवा प्रवाहमा ध्यान दिन अनुरोध गरे । स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला र जनताको घरदैलोको सरकार भएको भन्दै उलने शब्दमा आपत्ति जनाउन नहुने बताए ।
उनले सबै पार्टीलाई सहमतिमा ल्याएर कहाँ–कहाँ संशोधन गर्ने हो गरौँला तर, मुख्य कुरा काम भएकालले सेवा प्रवाह गरी जनताको दुःख हटाउने काम गर्न आग्रह गरे । जनतालाई प्रत्यक्ष सहभागी गराएर विकास गर्न, नीति निर्माण र कार्यान्वयनमा जनतालाई सहभागी गराउनुपर्नेमा देउवाले जोड दिए ।
विकास निर्माण तथा सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी नगरपालिकाहरूको भएको तथा घरदैलोको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील भएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार