लगातार दोस्रो पटक वालिङ नगरपालिका उत्कृष्ट
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार १७:१५:२
३० फागुन, काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका लगातार दोस्रो पटक उत्कृष्ट घोषित भएको छ । नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजना गरिएको घोषणा सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले नगर प्रमुख दिलीपप्रताप खाँणलाई पुरस्कार प्रदान गरेको हो ।
नेपाल नगरपालिका संघले विभिन्न सूचकहरुलाई आधार मानेर गरेको मूल्याङ्कन स्याङ्जाको वालिङ नगरपालिका आर्थिक वर्ष २०७७÷०७८ मा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य कार्य गरेकाले उत्कृष्ट नगरपालिका पुरस्कार २०७८ प्राप्त गरेको हो ।
वालिङ नगरपालिका उत्कृष्ट घोषित भएसँगै नगर प्रमुख दिलीपप्रताप खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिए । “वालिङ नगरपालिका नेपाल नगरपालिका संघ, विभिन्न दातृ निकायहरुसँग हातेमालो गर्दै विकासको गतिमा निरन्तर अगाडि बढिरहेको छ” नगर प्रमुख खाँणले भने, “हामीले गरेको कार्य देशभरकै उत्कृष्ट रहेकोे भनी मूल्याङ्कन गर्नुहुनेप्रति नगरपालिकाकोतर्फबाट आभार व्यक्त गर्दछु ।”
वालिङ नगरपालिका पुरस्कृत हुँदै गर्दा यहाँका नागरिकहरुको सहयोगी भूमिका निक्कै महत्वपूर्ण रहेको नगर प्रमुख खाँणले बताए ।
गतवर्ष पनि नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशीलतामा देशकै उत्कृष्ट नगर घोषित भई पुरस्कृत भएको थियो ।
त्यस्तै नेपाल नगरपालिका संघकै २३ औं स्थापना दिवसका अवसरमा २१७ नगरपालिकामध्ये वालिङ नगरपालिका सर्वोत्कृष्ट भई पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।
नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, सहरी योजना, सुशासन, फोहोरमैला व्यवस्थापन लगायतका विषयवस्तुलाई मूल्याङ्कन गर्दै वालिङ सर्वाेत्कृष्ट बन्न सफल भएको थियो । यसअघि संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकाहरुमध्ये सर्वोत्कृष्ट सफा नगरका रुपमा वालिङलाई पुरस्कृत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ, फैसला आउन सक्ने
माघ २, २०८१ बुधबार
‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने
माघ २, २०८१ बुधबार
बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
माघ २, २०८१ बुधबार
प्रि-ओपन सेसनमा नेप्से २.६९ अंंकले बढ्यो
माघ २, २०८१ बुधबार
एनआईसी एसियाले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
ओली सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर, संसद बैठक बोलाउन माग
माघ २, २०८१ बुधबार