एनआरएनएको कदमप्रति पूर्वअध्यक्ष घलेको गम्भीर ध्यानाकर्षण
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार १७:२४:३२
३० फागुन, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरि छुट्टै सम्मेलनको आयोजना गर्न लागेको प्रति संघले आपत्ती जनाएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आइतवार एक विज्ञप्ति जारी गर्दै संघका पूर्व अध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाट नै अहिलेको समस्या समाधान गर्न सकरात्मक पहल भइरहेको उल्लेख छ ।
संघले विज्ञप्ति मार्फत अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले संरक्षक परिषद र उच्च स्तरिय समिति भङ्ग गरिसकेको र संघको विधानले पूर्व अध्यक्षहरुलाई कुनै पनि कार्यकारी अधिकार नदिएको अवस्थामा पूर्व अध्यक्ष शेष घलेबाट चालिएका कदम विधान र संघको परम्परा विपरित भएको जनाएको छ । बिज्ञप्तिमा शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना भएको बताएको छ ।
संघले भनेको छ ‘शिलशिलामा केही महिना पहिले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई निर्वाचन गराउन दिएको निर्देशनका विरुद्द दिइएको संघको रिट निवेदन उपर पाटन उच्च अदालतले संघले गठन गरेको निर्वाचन समितिले नै निर्वाचन प्रकृया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिएको सर्वविदितै छ । पूर्व अध्यक्ष शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना हुने हामीले महसुस गरेका छौ’ ।
बिज्ञप्तिमा संघको वर्तमान जटिल अवस्थामा संघको विधान विपरित निर्वाचन गर्नरगराउन खोजी संघलाई विभाजन उन्मुख अवस्थामा पुर्याउन खोज्नु खेदजनक उल्लेख छ ।
प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाट नै अहिलेको समस्या समाधान गर्न सकरात्मक पहल भइरहेको छ । यसै सन्दर्भमा संघका पूर्व अध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२औं बैठकले संरक्षक परिषद र उच्च स्तरिय समिति भङ्ग गरिसकेको र संघको विधानले पूर्व अध्यक्षहरुलाई कुनै पनि कार्यकारी अधिकार नदिएको अवस्थामा पूर्व अध्यक्ष शेष घलेबाट चालिएका कदम विधान र संघको परम्परा विपरित छन् ।
यसै शिलशिलामा केही महिना पहिले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई निर्वाचन गराउन दिएको निर्देशनका विरुद्द दिइएको संघको रिट निवेदन उपर पाटन उच्च अदालतले संघले गठन गरेको निर्वाचन समितिले नै निर्वाचन प्रकृया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिएको सर्वविदितै छ । पूर्व अध्यक्ष शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना हुने हामीले महसुस गरेका छौ ।
संघको वर्तमान जटिल अवस्थामा संघको विधान विपरित निर्वाचन गर्नरगराउन खोजी संघलाई विभाजन उन्मुख अवस्थामा पुर्याउन खोज्नु खेदजनक छ ।
संघमा विभाजन ल्याउने र समाजमा फुट ल्याउने गतिविधिहरु बन्द गरी सहमतिको वातावरण बनाउनका लागि सम्वन्धित सबैलाई हार्दिक आह्वान गर्दै संघका विधान विपरितका गतिविधिहरुमा संलग्न नहुन सम्पूर्ण राष्ट्रिय समन्वय परिषद एवं संघका सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछौं ।कुमार पन्त
अध्यक्ष, गैरआवासीय नेपाली संघ ।
मिति स् १३ मार्च २०२२यस्तै संघमा विभाजन ल्याउने र समाजमा फुट ल्याउने गतिविधिहरु बन्द गरी सहमतिको वातावरण बनाउनका लागि सम्वन्धित सबैलाई हार्दिक आह्वान गर्दै संघका विधान विपरितका गतिविधिहरुमा संलग्न नहुन सम्पूर्ण राष्ट्रिय समन्वय परिषद एवं संघका सदस्यहरुलाई संघले सम्बन्धीत सबैलाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार