डिभिजन ‘ए’ मा बुद्ध क्रिकेट क्लब विजयी
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार २०:२९:१०
मोहम्मद हबिब
३० फागुन, काठमाडौं । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको डिभिजन ‘ए’अन्तर्गत सोमाबर भएको खेलमा बुटवल–११ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुद्ध क्रिकेट क्लबले जित निकालेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमध्ये २० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन बनाएको थियो । जसका लागि सार्वधिक अमित श्रेष्ठले १२ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । वलिङतर्फ बुद्धका विपिन खत्रीले ५, अमित अग्रहरीले ४ र सुभास भण्डारीले १ विकेट लिए ।
५४ रनको लक्ष्य पाएको बुद्धले जवाफी ब्याटिङमा ८ दशमलव ४ ओभरमै लक्ष्य पार गर्दै जित निकाल्यो । झिनो लक्ष्य पाएको बुद्धले ३ विकेटको क्षतिमा सहजै जित निकालेको हो । जितका लागि सुरज पौडेलले १७, अजय त्रिपाठीले ११ र विपिन रावलले ९ रन बनाए । बलिङतर्फ इसान पाण्डे एक्लैले ३ विकेट लिए पनि टिमले जित निकाल्न सकेन ।
सोमबारको खेलमा विपिन खत्री म्यान अफ द म्याच बने । डिभिजन ‘ए’अन्तर्गतको मंगलबारको खेल न्यू होराइजन क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच हुने संघका सचिब संजय गुरुङले जानकारी दिए ।
नेपालकै एक मात्र सुपर लिग प्रतियोगिता २०५४ सालदेखि निरन्तर हँुदै आएको छ । जिल्लाभित्रका २० टिममध्ये १२ टिमबीच लिगमा प्रतिस्पर्दा गराइदै छ । लिगमा टप हुने चार टिमबीच ५ चैतबाट सुपर फोरमा प्रतिस्पर्दा गर्ने छन् ।
प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही पाँच पाँच हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए । प्रत्येक दिनको म्यान अफ द म्याचलाई एक हजार दुई सय रुपैयाँ प्रदान गरिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार