बर्डफ्लु : काभ्रेमा नमूना संकलन र निगरानी
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार १९:५४:६
३० फागुन, काभ्रेपलाञ्चोक । छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना संकलन र निगरानीलाई निरन्तरता दिइएको छ । महिनाअघि सङ्घीय राजधानी काठमाडाैंमा बर्डफ्लु भेटिएलगत्तै पूर्वी नाकाका रुपमा रहेको यो जिल्लामा उच्च सतर्कता अपनाउन विभिन्न गतिविधि गर्दै आएको छ ।
जिल्लास्तरीय प्राविधिक समितिको बैठकले सबै स्थानीय तहलाई पशुपंक्षीपालक कृषक तथा व्यवसायीलाई सजगता अपनाउन यससम्बन्धी विविध गतिविधि गर्न आग्रह गरेको छ । सबै स्थानीय तहमा निगरानीका कामलाई गम्भीरतापूर्वक लाग्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
साँगामा चौबिसै घण्टा पशुपंक्षीजन्य आयात–निर्यातमा सतर्कता अपनाउँदै नमूना सङ्कलन तथा निगरानी बढाइएको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । साथै, सङ्क्रमण रोकथामका लागि व्यवसायीसँग विशेष छलफल गर्न स्थानीय तहलाई समन्वय गर्न आग्रह गरिएको केन्द्रका प्रमुख राजकुमार हुमागाईंले बताए ।
हुमागाईंका अनुसार जिल्लाको दक्षिण–पूर्वी नाका विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटारमा पक्षीजन्यको जाँच केन्द्र स्थापना गरिएको छ भने जिल्लाअन्तर्गत राजमार्ग जोडिने अन्य नाकामा निगरानी अपनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार