ठगी कसुरमा पक्राउ परेका ठेकेदार पाण्डेलाई हिरासतमा राख्न अदालतको अनुमति
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार २०:३४:५
३० फागुन, काठमाडौं । ठगीको कसुरमा पक्राउ परेका तुलसीपुर–घोराही फोर लेन सडकका ठेकेदार अनुप पाण्डेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । पाण्डेलाई हिरासतमै राखेर अनुसन्धान गर्न उच्च अदालत तुलसीपुरले ७ दिनको समय दिएको हो ।
शनिबार काठमाडौंमा पक्राउ परेका पाण्डेलाई सिआइबीले आइतबार दाङ पठाएको थियो । अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद प्राप्त भएकापछि ठगीको सम्बन्धमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । पाण्डेलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएको छ ।
तुलसीपुर–घोराही फोर लेन सडकखण्ड निर्माण गर्ने भन्दै भारतीय ठेकेदार कम्पनीसँग पेटी ठेक्का लिएका अनुपले सडक निर्माणका क्रममा प्रयोग गरेका सवारी साधन, त्यसमा लाग्ने इन्धन, हार्डवेयर लगायतका सामान खरिद गरी चेक दिएको तर चेक नसाटिएको पीडितहरुले बताएका छन् ।
सामान लगेर रकम नदिएको र दिइएको चेक पनि बाउन्स भएको भन्दै स्थानीय व्यवसायी गेहेन्द्र बस्नेतले पाण्डेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
सोही उजुरीको सम्बन्धमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय दाङले उच्च अदालत तुलसीपुरबाट पक्राउ पूर्जी लिएको थियो । त्यसपछि फरार भएका पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको थियो ।
पाण्डेले स्थानीय व्यवसायी बस्नेतलाई दिएको १ करोड ८ लाखको चेक बाउन्स भएको प्रहरीले जनाएको छ । उनीमाथि चेक अनादार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार