हुम्लामा स्थानीय चुनावको तयारी
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार २०:४८:४९
३० फागुन, हुम्ला । वैशाख ३० गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि हुम्लाका विभिन्न राजनीतिक दलले गाउँ केन्द्रित कार्यक्रम सुरु गर्न थालेका छन् । जिल्लाका मुख्य राजनीतिक दल (नेकपा एमाले), (नेपाली कांग्रेस), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तह लक्षित कार्यक्रम सुरु गरेका हुन् ।
ती दलले जिल्लाको उत्तरी नाम्खा गाउँपालिका बाहेक अन्य ६ स्थानीय तहमा रहेका प्रत्येक वडा तथा पालिकास्तरमा आमसभा, कार्यकर्ता भेटघाट, सङ्गठन विस्तार, घरदैलो अभियान लगायतका कार्यक्रम सञ्चालन गरिरहेका छन् । नेपाली कांंग्रेस हुम्लाले आइतबारदेखि “घरघर जाउँ नेपाली कांग्रेस जिताउँ” अभियानका साथ घरदैलो कार्यक्रममा गाउँ केन्द्रित भएको छ ।
नेकपा एमाले हुम्लाले दक्षिणका ताँजकोट, अदानचुली गाउँपालिकामा वृहत आमसभा सम्पन्न गरेर चङ्खेली गाउँपालिकामा लागेको छ ।एमालेले सातवटै गाउँपालिकामा वृहत आमसभा सञ्चालन गर्ने भएको छ भने हाल दुई पालिकामा यो कार्यक्रम सम्पन्न गरेको छ । यस्तै नेकपा माओवादी केन्द्र हुम्लाले जसपासँग समायोजनदेखि जिल्लाका विभिन्न पालिकामा सङ्गठन विस्तार तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्र पारिरहेको छ ।
यसैगरी एकीकृत समाजवादी पार्टीले केही दिन अघिदेखि दक्षिण भेगमा रहेका गाउँपालिकामा चुनाव लक्षित आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको छ । हुम्लाका सबै राजनीतिक दलले कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा जुट्न आग्रहसमेत गर्दै आइरहेका छन् । अन्य समय शहर केन्द्रित हुने जिल्लाका नेता तथा जनप्रतिनिधि स्थानीय तह चुनावको मिति तय भएसँगै यतिबेला चुनाव जित्न जनतासँग भोट माग्न व्यस्त छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदलित सशक्तिकरण विधेयक छिट्टै पारित हुन्छः मुख्यमन्त्री कँडेल
पुष २, २०८१ मंगलबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार