निर्वाचन खर्च घटाउन सबै दलले एउटै मञ्चबाट भोट माग्नुपर्छः अध्यक्ष तिमिल्सिना
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार २०:५१:२३
३० फागुन, बाग्लुङ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरूले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । निर्वाचनका समयमा दलहरूले गर्ने कार्यक्रममा हुने खर्च कम गर्न र विकासका काममा सझा धारणा बनाउन सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताएका हुन् ।
निर्वाचनको समयमा मात्रै दलहरू सक्रिय हुने गरेको भन्दै उनले सधैँ जनता र विकासका लागि काम गर्ने हो भने निर्वाचनकेन्द्रित कार्यक्रम आवश्यक नरहेको बताए। ‘विकास गरौँ, जनताको पक्षमा काम गरौँ, जनताले हाम्रा काम हेरेर मत दिन्छन्,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘मतदानको अघिल्लो दिन चामलका बोरा बाँडेर जितेका जनप्रतिनिधिले काम गर्न सक्दैनन्।’
बाग्लुङमा सोमबारदेखि सुरु भएको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले विकास निर्माणको सन्दर्भमा सबै राजनीतिक दलहरुको एउटै धारणा हुनुपर्नेमा जोड दिए। ‘आज जितेको दलले राम्रो काम गरे भोलि पनि चुनाव जित्छ भनेर खुट्टा तान्ने प्रवृत्ति छ,’ उनले भने, ‘यो गलत प्रवृत्तिका विरुद्धमा लागौँ, नराम्रोमध्येको राम्रो दल छान्ने होइन, राम्रोमध्येको राम्रो दल छान्ने वातावरण बनाऔँ ।’
अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको बताए। ‘कोरोनाले हाम्रो स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास गर्न ठूलो सहयोग ग¥यो, आवश्यकताको पहिचान भयो, अहिले यो क्षेत्र सुध्रिएको छ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सकको तलबमानमा समस्या छ, सहर र गाउँ छुट्याएर काम गर्नेलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ।’ उनले नागरिकको स्वास्थ्य सुधारका लागि पहिले वातावरण सुधार गर्न सके अस्पतालको खाँचो नहुने धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार