एमसीसीबारे प्रधानमन्त्रीको भनाइप्रति एमाले नेता रावलले जनाए आपत्ति
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार २१:१९:४६
३० फागुन, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे आफूमाथि लगाएको आरोप निराधार भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री देउवाको भनाई आए लगत्तै ट्वीट गर्दै रावलले उक्त भनाइप्रति असहमति जनाएका हुन् ।
प्रधानमन्त्री देउवाले सोमबार नुवाकोटमा आयोजित कार्यक्रममा रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको तर, त्यतिबेला रावलले कुनै प्रतिक्रिया नदिएर अहिले किन टाउको दुखाएको भनी प्रश्न गरेका थिए ।
जवाफमा रावलले आफू मन्त्री भएका बेला मन्त्रिपरिषदबाट एमसीसी पारित नभएको जिकिर गरेका छन् । उनले आफु केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री भएको तर, ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला आफु मन्त्री नभएको दावी गरेका छन् ।
उनले यसकारण पनि आफ्नो मन्त्रिपरिषदमा सहमति रहेको भन्ने कुरै नआउने ट्विटरमार्फत जवाफ र्फाएका छन् । नेता रावलले प्रधानमन्त्रीले आफूमाथि तुच्छ शब्द प्रयोग गरेको भन्दै पदीय मर्यादा कायम गर्न पनि आग्रह गरेका छन् ।
उनले एमसीसी सम्झौता देशको हितमा नरहेकाले राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर आफ्नो टाउको दुखेको पनि प्रष्टीकरण दिएका छन् । नेता रावलले देउवाले संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाका बीच एमसीसी अनुमोदन गराएको टिप्पणी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार