एमाले, कांग्रेस परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार २२:३:५४
३० फागुन, धनगढी । विभिन्न राजनीतिक दल परित्याग गरी तीन दर्जनबढी जिल्ला नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा ‘माओवादी केन्द्र’ले आयोजना गरेको प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा अध्यक्ष प्रचण्डले टीका लगाएर नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा स्थानीय तहका निर्वाचित उपाध्यक्षदेखि पार्टी जिल्ला नेताहरु रहेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले बाट मोहन्याल गाँउपालिका उपाध्यक्षमा निर्वाचित तथा हाल कार्यवाहक अध्यक्ष पुजादेवी बुढामगर, नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य जयरुद्र न्यौपाने, २०४८ र २०५४ मा लालझाडी गाउँपालिकाबाट दुइपटक नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष हुमना राना, २०४२ सालदेखि नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका केदारसिंह गाउँपालिका नेता लाल बहादुर शाही, अमगरगढी, ८ का नवराज ओझा नेपाली कांग्रेस परित्याग गरेर पार्टी प्रवेश गरेका छन् ।
यसैगरी नेकपा एमालेबाट २०७४ को वडा सदस्यमा निर्वाचित डिलासैनी गाउँपालिका, ४ का सदस्य राम बहादुर नेगी, नयाँ शक्ति पार्टीबाट२०६४ सालमा अध्यक्षका उम्मेदवार बिर बहादुर चौधरी लम्की चुहा नपा २, नागरिक उन्मुक्ति पार्टी भजनी नगरपालिकाका नेता इन्द्र बहादुर चोधरलगायत समेत पार्टीमा प्रवेश गरेका छन् ।
आजको कार्यक्रममा पार्टी प्रवेश गर्ने अन्य नेताहरुमा गोदावरी नगरपालिकाका कांग्रेसका नेता पदम बहादुर बलायर, नेकपा एमाले डोटी जिल्ला कमिति सदस्य आदर्श गाउँपालिकाका चन्द्रदेव पाठक, बजुरा त्रिवेणी नगरपाकिलाका एमाले नेता हिम्मत बहादुर शाही, नेकपा एमाले कैलालीका पर्व जिल्ला सल्लाहकार मनिराम सुनार, विशल नगरबाट नेपाली कांग्रेसका नेता नवीन खडका, घोडाघोडी नगरपाकिलाका एमाले नेता दशरथ न्यौपानेलगायत तीन दर्जनभन्दा बढी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
माघ ८, २०८१ मंगलबार
यो सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको हो : उपप्रधानमन्त्री सिंह
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार