निर्वाचन आयोगले चाँडै राजपत्रमा ‘निर्वाचन आचारसंहिता’ प्रकाशित गर्ने
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार २२:५७:५७
३० फागुन,काठमाडौं । निर्वाचन आयोग र कानून मन्त्रालयबीच छलफलमा रहेको निर्वाचन आचारसंहिता चाडै प्रकाशित हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहितालाई अन्तिम रुप दिन आयोग र कानुन मन्त्रालयबीच छलफल भइरहेको बताए ।
सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले आचारसंहिता निर्माण र छलफलकै क्रममा रहेको बताएका हुन् । आचारसंहिता निर्माण र छलफलकै क्रममा रहेको र पास भएपछि राजपत्रमा प्रकाशित हुने उनले बताए । आयोगले निर्णय गरेदेखि नै आचारसंहिता लागु हने पौडेलको भनाइ छ ।
उनले साना दलले निर्वाचन चिन्हप्रति गरेको गुनासोबारे पनि आयोगले प्रचलित कानुनको अधिनमा रहेर निर्णय गर्ने बताए । ‘प्रचलित कानुनको अधिनमा रहेर के गर्न सकिन्छ त्यसबारे आयोगले सोचिरहेको छ, तर निर्णय भैसकेको छैन’, पौडेल भने ।
त्यस्तै आयोगले निर्धारण गरेको उम्मेदवारको खर्चलाई विभिन्न संयन्त्रबाट अनुगमन गर्ने व्यवस्था मिलाएको जनाएको छ । ‘आयोगको विश्वास निर्वाचन खर्चिलो हुनुहुँदैन भन्नेछ । त्यसका लागि आयोग आफैले पनि कतिपय खर्च कटौती गरेको छ ।
यसमा दलहरुले पनि आचारसंहिताको पालना गर्नुपर्छ । निर्वाचन भड्किलो बनाउनुहुँदैन भन्ने कुरालाई सवैले स्वीकार गर्नुपर्छ’, प्रवक्ता पौडेलको भनाइ छ । आयोगले कतिपय निर्वाचन सामग्री नेपालमा उत्पादन नहुने भएकाले ति सामग्री बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको पनि जनाएको छ । ‘स्वस्तिक छाप यहाँ उपलव्ध हुन्न । त्यसकारण त्यस्तो चिज बाहिरबाट ल्याउनुपर्ने हुन्छ’, प्रवक्ता पौडेको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार