आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने लुटेरा पक्राउ
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार २३:९:१४
३० फागुन, काठमाडौं । प्रहरीले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ सौडियार गाउँपालिका–६ घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङ घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिन रहेका छन् ।
उनीहरूले गत बुधबार राति साढे ८ बजेतिर चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन पसलका सञ्चालक ३४ वर्षाय अमोल भोस्लेमाथि लुटपाट गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
मैनालीकाअनुसार पसल बन्द गरेर १२ लाख रुपैयाँ र ४२ तोला सुन बोकेर घर जाँदै गरेका भोस्लेमाथि उनीहरूले लुटपाट गरेका हुन् ।
सूचनापछि महानगरीय प्रहरी वृत्त, गौशालाबाट प्रहरी अधिकृतसहितको टोली परिचालित गराई मेट्रो कन्ट्रोल कक्षमार्फत काठमाडौंस्थित सम्पूर्ण प्रहरी कार्यालयहरूलाई सतर्क गराउँदै लुटेराहरू काठमाडौं बाहिर जानसक्ने नाकाहरूमा चेकजाँचको व्यवस्था मिलाइएको एसपी मैनालीले बताए ।
उनकाअनुसार भारतीय नागरिक भोस्ले सवार स्कुटर रोकेर आएका अपरिचित व्यक्तिहरूले आँखामा खुर्सानीको धुलो छर्केर, कुटपिट गरी सुन तथा नगद राखिएको झोलासमेत लुटेर फरार रहेको प्रहरीलाई प्रारम्भिक सूचना प्राप्त भएको थियो ।
अनुसन्धानकै क्रममा डकैतीमा संलग्न व्यक्तिहरू तीन दिनदेखि घटनास्थल नजिकै रहेको एक क्याफेमा बसेर योजना बनाएर पीडित घटनास्थलमा अइपुग्नासाथ योजनाबद्ध तवरले आँखामा खुर्सानीको धुलो छर्की, कुटपिट गरी निजको साथमा रहेको सुन तथा नगदसहितको झोला डकैती गरेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका महेश विश्वकर्माको साथबाट घटनामा प्रयोग भएको बा ७४ प ९५६० नम्बरको मोटरसाइकल र नगद ६६ हजार बरामद भएको छ । राजेन्द्र सिनलाई जिल्ला प्रहरी कार्यालय, दाङको सहयोगमा दाङबाटै पक्राउ गरेर काठमाडौं ल्याइएको हो ।
उनको साथबाट घटनामा प्रयोग भएको रा ४ प ११२० नम्बरको मोटरसाइकल र सुनजस्तो देखिने पहेँलो धातु २६१ ग्राम, एक लाख रुपैयाँ , धारिलो हतियार खुडा बरामद भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार