यू–१८ महिला साफको पहिलो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार १६:२८:१४
१ चैत, काठमाडौं । भारतको जम्सेदपुरमा मंगलबारबाट सुरु हुने यू–१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करणको उद्घाटन खेलमा नेपाल र आयोजक भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
यो संस्करणमा नेपाल, भारत र बंगलादेश गरी तीन वटा राष्ट्रले भाग लिएका छन् । चैत १० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुनेछ । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । तर यसअघिका संस्करणको अनुभव भएका सीमित खेलाडी मात्र टिममा रहेकाले बलिया प्रतिद्वन्द्वीको सामना गर्नु नेपालका लागि चुनौतिपूर्ण नै हुनेछ ।
उमेर समूहको महिला फुटबलको विकासका लागि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले सन् २०१८ देखि यो प्रतियोगिता आयोजना गर्न थालेको हो ।
२०१८ मा भुटानमा आयोजना भएको पहिलो संस्करणको खेलमा नेपालले भारतलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा बंगलादेशसँग पराजित भएपछि, नेपाल उपाधी जित्नबाट चुकेको थियो ।
दोस्रो पटक बंगलादेशमा आयोजना भएको प्रतियोगितामा भने नेपालले भारत र बंगलादेश दुवै टोलीसँग पराजित हुन पुगेको थियो । समुह चरणबाटै बाहिरिएको नेपालका लागि यस पटक लगातार दुई संस्करणको विजेता टोली बंगलादेश र पछिल्लो संस्करणमा नेपाल भन्दा बलियो देखिएको भारतलाई जित्न कठिन हुनेछ ।
पहिलो संस्करणमा नेपालले भारतलाई पेनाल्टीमार्फत जित निकालेको थियो । खेल १–१ बराबरीमा सकिएपछि पेनाल्टीमा नेपाल ३–१ ले विजयी रहृयो । दुई संस्करणको विजेता बंगलादेशसँग भने नेपालले चैत ३ गते खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार