नेपाल–युएई संयुक्त समितिको बैठक आज
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार १६:३६:१६
१ चैत, काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) संयुक्त समितिको बैठक आज बस्दैछ । युएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुल रहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ ।
नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समितिको बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठ यूएईको राजधानी आबुधावी गएका हुन् । आज हुने बैठकको उदघाटन सत्रलाई मन्त्री श्रेष्ठ र समकक्षी अल अवारले सम्बोधन गर्नेछन् ।
उदघाटन सत्रपछि प्राविधिक समूहको बैठक हुने छ । सो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यन्वयनबारे समीक्षा हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ
त्यसपछिको भेटवार्तामा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठले ‘भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे समकक्षीसँग छलफल गर्ने’ मन्त्री श्रेष्ठको सचिवालयबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार