उद्योग वाणिज्य संघ चितवनमा नयाँ नेतृत्व
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार १७:१५:१६
१ चैत चितवन । उद्योग वाणिज्य संघ चितवनमा नयाँ नेतृत्वले पूर्णता पाएको छ । सोमबार भएको निर्वाचनबाट समितिले पूर्णता पाएको हो । २५ सदस्यीय कार्यसमितिमा १३ जना सर्वसम्मत भएका थिए भने १२ जना मतदानबाट निर्वाचित भएका हुन् ।।
समितिको अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन श्रेष्ठ र उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्विरोध निर्वाचित भएका छनन् । कर्पोरेट उपाध्यक्षमा शिरिष पन्त विजयी भएका छन् । उनले शंकर नेपाललाई ४४ मतान्तरले जितेका हुन् । कपोर्रेट उपाध्यक्षमा राजेन्द्र ओली विजयी भएका छन् । उनले भोजराज कौडाललाई ८९ मतान्तरले हराए ।
यस्तै वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रवीन्द्रकुमार श्रेष्ठ, सन्तोषजनक भुषाल विजयी भएका छन् । वाणिज्यतर्फका छ सदस्यमा थीरप्रसाद धिताल, दीपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
फागुन २५ गते भएको मनोनयनमा आवश्यक सङ्ख्यामा मात्रै उम्मेदवारी परेपछि संघको कार्यसमिति महिलातर्फ पूर्णिमा श्रेष्ठ, क्षेत्रीयतर्फ रेशमलाल आचार्य, वस्तुगततर्फ डा जीवनकुमार श्रेष्ठ र रजनी मास्के निर्विरोध निर्वाचित भएका छन् । उद्योगतर्फ कार्यसमिति सदस्यमा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लीलाबहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया निर्विरोध निर्वाचित भइसकेका छन् ।
संघमा तीन हजार ४३७ मत रहेकामा दुई हजार २०१ जनाले मतदान गरेका थिए । संघका कार्यकारी निर्देशक नीलबहादुर केसीका अनुसार नवनिर्वाचित कार्यसमितिलाई बुधबार पद हस्तान्तरण कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार