मेयर शाक्यले मनपरी बनाएका कंक्रिट संरचना भत्काइन्छः उमपेयर खड्गी
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार १८:१९:१४
१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मेयर विद्यासुन्दर शाक्यले मनपरी ढंगले वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउन आवश्यक भएको बताएकी छन् । वसन्तपुर डबलीमा बनाइएका संरचनाको मंगलबार अवलोकन गर्दै खड्गीले विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रमा कंक्रिटको संरचना बनाउन दिएर मेयर शाक्यले गलत गरेको बताइन् ।
उनले भनिन्, ‘यो गर्नै हुँदैन । किनभने विश्व सम्पदा सूचीभित्र परेको क्षेत्रमा मनपरी गर्न मिल्दैन, यो हेलचेक्राइँ हो । सम्पदा क्षेत्रमा यसरी कंक्रिटको संरचना बनाउन हुन्छ हुँदैन भनेर विवेक पुर्याउनु पर्ने हो ।’ यसबारे मेयर शाक्यसँग सल्लाह गर्ने उनले बताइन् ।
महानगरको भौतिक पूर्वाधार विभागले डबलीमा क्षति पुग्ने गरी कंक्रिट प्रयोग गरेर आठ वटा झण्डा राख्ने आधारहरु निर्माण गरेको छ । महानगर क्षेत्रभित्र ७० लाख रुपैयाँ खर्च गरेर १२ वटा झण्डा राख्ने निर्णय भए अनुसार वसन्तपुरमा आठ वटा झण्डा राख्ने संरचना बनाइएको हो ।
यसबारे बोर्ड बैठकमा पनि सल्लाह नभएको उपमेयर खड्गीको भनाई छ । वसन्तपुरमा नयाँ संरचना बनाएको प्रति पुरातत्व विभागले पनि चासो राखेको छ । विभागले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर सो संरचनाको निर्माण रोक्न आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार