इच्छाविपरीत लोला हाने र रङ दल्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाइने
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार १८:२६:५३
१ चैत, काठमाडौं । सरकारले होली पर्वलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका लगायत देशैभरिको सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । होलीमा काठमाडौंमा मात्रै १७ सय प्रहरी परिचालन गरी रिजर्भ फोर्सको समेत व्यवस्था गरिएको छ ।
गृह मन्त्रालयका अनुसार होलीलाई सद्भाव र भाइचाराको रुपमा मनाउन आग्रह गर्दै अनिच्छुकमाथि जबरजस्ती र अभद्र ढंगले रङको प्रयोग गर्नेलाई मुद्दा चलाउन समेत निर्देशन दिइएको छ ।
होली पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने र कारवाही चलाउन बाध्य हुनेछ । होलीका नाममा कसैमाथि पनि जबरजस्ती भएको पाइए प्रहरीलाई कानुनानुसार अगाडि बढ्न निर्देश गरिएको छ ।
पर्वलाई अमर्यादित बनाउने, मदिरालगायत अन्य लागुऔषधजन्य पदार्थ सेवन गरेर होली खल्नेलाई अभद्रव्यवहार अन्र्तगत कारवाही गरिने भएको छ ।
कोरोना महामारीका कारण अघिल्ल वर्षहरूमा खुलेर होली पर्व मनाउन नपाएकाले यो वर्ष भिडभाड बढ्न सक्ने प्रहरी बुझाइ छ । काठमाडौंका दर्जनौँ स्थानमा होलीका दिन विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएकाले त्यसमा प्रति प्रहरीले निगरानी गर्ने भएको छ ।
यो वर्षको होली पर्व काठमाडौंसहित पहाडी र हिमाजी क्षेत्रमा बिहीबार र तराईमा शुक्रबार परेको छ । होलीमा वसन्तपुर, सानोगौचरण, भृकुटीमण्डप, ठमेल, असन, नयाँ बानेश्वर, लैनचौरलगायत दुई दर्जन क्षेत्रमा बाक्लो सुरक्षा उपस्थिति बढाइने प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार