माओवादी केन्द्रले निर्वाचन अभियानमा केन्द्रीय नेताहरु खटाउने
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार १८:३६:५
१ चैत, काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह निर्वाचनकेन्द्रित दुईमहिने अभियान सञ्चालन गर्ने भएको छ । चुनावी कार्यक्रमअन्तर्गत केन्द्रीय सदस्यहरूलाई गाउँपालिका र नगरपालिकामा खटाउने तयारी गरिएको छ ।
सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयानुसार माओवादीले चुनावी कार्यक्रम बनाएको माआवादीले जनाएको छ । गाउँपालिका, नगरपालिका, महानगरपालिकामा निर्वाचन परिचालन कमिटी गठन गरी प्रदेश कमान्डको मातहतमा परिचालन कमिटी निर्माण गरिने भएको छ ।
प्रत्येक प्रदेशमा पाँच कमान्ड बनाइएको छ । प्रदेश कमान्डअन्तर्गत रहेर निर्वाचन परिचालन कमिटी गठन हुनेछ । एकजना केन्द्रीय सदस्यलाई तीनवटासम्म गाउँ÷नगरको नेतृत्व गनुपर्ने बताइएको छ ।
स्थानीय तहको निर्वाचनमा पार्टीका उमेदवारहरू टुंग्याउने जिम्मा प्रदेश कमिटीलाई दिइएको छ । केन्द्रको परामर्शमा प्रदेशले उमेदवार टुंग्याउने छ । हाल प्रदेशको प्रशिक्षण चलिरहेको र त्यसमा निर्वाचनकेन्द्रित कार्यक्रम बनाएर पठाइने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार