इन्जिनियर्स एशोसिएसनको मतगणना जारी, कांग्रेस निकट सिडेनले प्यानलै जित्ने सम्भावना
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार १९:२८:३८
१ चैत, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) ले अग्रता कायमै राखेको छ । झण्डै हजार मतले कांग्रेस निकट सिडेनका उम्मेदवार अगाडी रहेकाले उनको जित निश्चित जस्तै भएको छ ।
निर्वाचन समितिले दिएको पछिल्ला जानकारी अनुसार जारी मतगणना सिडेन सबै पदाधिकारीमा अगाडी देखिएको छ । कुल ९०७७ मत गणना गरिसक्दा अध्यक्षमा सिडेनका हरिबहादुर दर्लामीले ३६६९ मतसहित अग्रता लिएका छन् । मतदान हुँदा १० हजार १९३ मत खसेको थियो ।
दोस्रो स्थानमा नेकपा (एमाले) निकट इन्जिनियरको संस्थाबाट अध्यक्षमा उठेका सुरज लामिछानेले २७५९ मत ल्याएका छन् । महासचिवमा पनि सिडेनकै अग्रता छ ।
रविभूषण झाले ३७५८ मत ल्याएर अग्रता लिइरहका छन् । दोस्रोमा एमाले निकट इन्जिनिरको संस्थाबाट भेषराज थापाले २४५१ मत ल्याएका छन्, जुन झाको भन्दा १३०७ ले कम हो ।
प्रदेशतर्फ पनि सिडेनले नै जित हासिल गरेको छ । अहिलेसम्म ७ मध्य ५ प्रदेशको नजिता आइसकेकोमा सबैमा सिडेनले जितेको छ । कांग्रेस निकटकै इन्जिनियरहरूले दिलीपकुमार झाको नेतृत्वमा अर्को प्यानल बनाएर प्रतिस्पर्धामा गरेपनि नेपाली कांग्रेसले दर्लामीकै प्यानललाई आधिकारिक मान्यता दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार