बागलुङका २३६ किसानलाई अनुदान
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २०:११:२७
१ चैत, बागलुङ । पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २३६ किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २३५ किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलब्ध गराएको हो ।
बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको श्री कृष्ण गाई भैँसी फार्म उद्योगमा २०० किसान जम्मा गरेर नगरपालिकाको पशु शाखाले किसानलाई नगद तथा चेक सोमबार उपलब्ध गराएको हो । दूध तथा मासुको उत्पादन बढाउनका लागि पाडापाडी संरक्षण कार्यक्रमअन्तर्गत १४ किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान उपलब्ध गराइएको छ । अनुदान पाउने एकमात्रै सहकारी वडा नं ११ को जैविक कृषि सहकारी हो । प्रतिपाडापाडी रु १० हजारका दरले किसानलाई अनुदान उपलब्ध गराइएको हो । श्री कृष्ण गाईफार्मले मात्रै १८ वटा पाडापाडी एकै ठाउँमा हुर्काइरहेको छ ।
त्यस्तै मासुकै उत्पादनको लागि १०० किसानले अनुदान पाएका छन् । प्रतिबाख्रा रु छ हजारका दरले किसानले अनुदान पाएका हुन् । कुखुरापालन गरेर खर्च चलाइरहेका ४२ किसानले रु चार हजार ३०० का दरले अनुदान रकम पाएको पशु शाखाका प्रमुख शशीधर शर्माले बताए । बङ्गुरपालन गरेका ३६ किसानलाई रु छ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ ।
माछापालनमा सहभागी किसानले प्रतिपोखरी पुरानोले मर्मत खर्च रु १० हजार र नयाँ पोखरीका लागि रु २५ हजारका दरले अनुदान पाएका छन् । ४३ वटा माछापोखरीका लागि अनुदान उपलब्ध गराइएको उनले बताए । किसानको प्रोत्साहनका लागि घर घरमै पुगेर व्यवसाय जाँच गरेपछि अनुदान उपलब्ध गराइएको उनले बताए ।
बागलुङ नगरपालिकाको रु १० लाख र नेपाल सरकारको थप रु १५ लाख गरी नगरले एकैपटक रु २५ लाख किसानको हातमा पु¥याएको हो । अनुदान रकम वितरण गर्दै नगरप्रमुख जनकराज पौडेलले पशुपालनजस्तो कठिन काम गरेर उपभोक्ताको भोक मेटाउन सहयोग गरेको भन्दै किसानलाई धन्यवाद दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार