महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक छ : उपराष्ट्रपति पुन
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २०:३४:२
१ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले जलवायु परिवर्तन र कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको बताएका छन् ।
राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ (डब्लुएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘दक्षिण एसियाली महिला सम्मेलन’ को उद्घाटन गर्दै उनले महामारीको समयमा अधिकांश महिला आफन्तबाटै घरेलु हिसाको सिकार हुनुपरेको बताएका छन् ।
“विश्वव्यापी रुपमा पछिलो समय बढ्दै गएको महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक छ”, उनले भने, “हालको अवस्थामा समाजमा महिलाहरुले शोषण र हिंसा भोग्नु दुःखद् विषय हो ।” उपराष्ट्रपतिले पुनले नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिका सम्बन्धी हकअधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुहुँदै महिला सशक्तीकरणको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु सबै सरोकारवालाको चासोको विषय हुनुपर्ने बताए ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए । दक्षिण एसियाकी प्रसिद्ध लेखक एवं भारतीय महिला अधिकारकर्मी मीरा खन्नाले सम्मेलन दक्षिण एसियाली मुलुकमा महिला हिंसा न्यूनीकरण गर्न बनेका कानुनको कार्यान्वयनतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापीरूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन दुईदिने दक्षिण एसियाली सम्मेलन सुरु भएको हो । सम्मेलनमा महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी गरी विभिन्न देशका १०० जना सहभागी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार