संवेदनशील ठाउँको सुरक्षामा सेना र सशस्त्रलाई खटाउन प्रहरी मुख्यालयको प्रस्ताव
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २०:३६:२७
१ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यलयले स्थानीय तहको निर्वाचनमा केहि ठाउँको सुरक्षाको जिम्मा सशस्त्र प्रहरी र नेपाली सेनालाई दिनुपर्ने प्रस्ताव गृह मन्त्रालयसामु गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा प्रहरीले मात्रै सुरक्षा दिन नसक्ने विश्लेषण गर्दै प्रहरी प्रधान कार्यालयले यस्तो प्रस्ताव गरेको हो ।
यस अघिका निर्वाचनको समीक्षा गर्दै मतदानस्थल र केन्द्रमा थोरै प्रहरी परिचालन गर्ने वा केही ठाउँमा सशस्त्र र सेनालाई खटाउने गरी कार्यविधि बनाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । २०७४ मा दुई चरणमा भएको स्थानीय तह निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी र ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो ।
२०७४ को स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदान केन्द्रमा म्यादी सहित ११ जना, संवेदनशीलमा ७ जना र सामान्यमा ५ जना प्रहरी परिचालन गरेको थियो । देशभर एकै पटक चुनाव गराउँदा सो संख्यामा प्रहरी र म्यादी नपुग्ने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ ।
स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । यसअघिको स्थानीय निर्वाचनमा भन्दा यसपटक मतदान स्थल र केन्द्र थपिएका छन् । मतदान स्थल ८५ वटा र ३ हजार भन्दा बढी मतदान केन्द्र थपिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार