एमसीसीको भ्रम चिर्दै कांग्रेस
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २०:४५:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/mcc_YCQxjT1qdm.jpg)
१ चैत, काठमाडौं । स्थानीय निर्वाचनको संघारमा पनि कांग्रेस नेताहरू अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रष्टीकरण दिइरहेका छन् । परियोजना १५ माघमा संघीय संसद्ले अनुमोदन भएको हो । हाल कार्यान्वयनको चरणमा रहेको परियोजनाबारे निर्वाचन केन्द्रित कार्यक्रममा पनि कांग्रेस नेताहरू अधिक समय लिएर बोल्ने गरेका छन् ।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नुवाकोटको तादी गाउँपालिका पुगेर एमसीसी राष्ट्रहितमा रहेको दावी गरे । जुन कुरा जनताले भोलि देख्ने उनको भनाइ छ । सोही दिन महामन्त्री गगनकुमार थापाले पनि एमसीसी पारित गराउन पार्टीले गरेको अगुवाइको प्रतिरक्षा गरे ।
उनले एमाले र माओवादी कार्यकर्ताले एमसीसी कांग्रेसले पास गरेको भनिए पार्टीका अध्यक्षहरूलाई प्रश्न गर्न लगाउनुपर्ने बताए ।प्रधानमन्त्री देउवा र महामन्त्री थापा मात्र होइन, पार्टीका अन्य पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, सांसद र केन्द्रीय सदस्यहरूले पनि एमसीसीबारे प्रष्टीकरण दिने गरेका छन् ।
सहमहामन्त्री भीष्मराज आङ्देम्बे कम्युनिस्ट पार्टीहरूले एमसीसीबारे जनतालाई पूरै भ्रमित बनाएको बताए । त्यही भ्रमलाई कांग्रेस नेताहरूले निर्वाचनको मुखमा चिर्नुपरेको स्पष्ट पारे ।
‘विभिन्न कालखण्डमा कम्युनिस्टहरूले पनि एमसीसीलाई बोकेर ल्याएका हुन् तर माछा देख्दा दुलोभित्र हात हाल्ने र सर्प देख्दा बाहिर निकाल्ने वा सत्तामा बस्दा एउटा कुरा गर्ने र बाहिर हुँदा अर्को कुरा गर्ने कम्युनिस्टहरूको चरित्र देखियो । यस्तो चरित्र पनि उदाङ्गो पार्ने काम हुँदै छ’, आङ्देम्बे बताउँछन् ।
कांग्रेसले एमसीसीलाई देश विकासको आधार मानेको छ । सरकारको प्राथमिकतामा परेको आयोजना भन्ने गरेको छ । महामन्त्री थापा त अनुदान सहयोग अमेरिकाले मात्रै नभइ अन्य देशले दिए पनि सहर्ष स्वीकारेर लिनुपर्ने पक्षमा छन् ।
र, एमसीसीबारे कांग्रेसले बुकलेट नै तयार गरेको छ । जुन स्थानीय तहसम्मै पठाइसकेको छ । बुकलेटले भ्रम चिर्न सहयोग पुग्ने विश्वास कांग्रेसको छ । भ्रम चिर्न नसके स्थानीय निर्वाचनमा असर पर्न सक्ने बुझाइको आधारमा बुकलेट तयार गरेको कांग्रेसले जनाएको छ ।
तर, १५ माघमा ब्याख्यात्मक घोषणामार्फत एमसीसीको पक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी पनि उभिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा हेलिकप्टर पार्किङ [ फोटोफिचर ]
असार १०, २०८१ सोमबार
बुङ्गमतीमा रोपाईंको चटारो [ फोटोफिचर ]
असार १०, २०८१ सोमबार
मुद्दा दर्ता गर्न अदालत पुगे अख्तियारका कर्मचारी
असार ९, २०८१ आइतबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार