सहकारीमार्फत सामूहिक खेती
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २१:७:४
१ चैत, तनहुँ । व्यास नगरपालिका–१० स्थित सिसुवा भतेरी कृषि सहकारीमार्फत सार्वजनिक जग्गामा स्थानीय सामूहिक खेती गर्न जुटेका छन् । उक्त वडास्थित मादी नदी किनार नजिकैको २५ रोपनी जग्गामा मौसम अनुरुपको बाली लगाउन सामूहिक खेतीमा उनीहरु जुटेका हुन् ।
संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए । विपन्नको आयआर्जनको लागि वडा कार्यालयले १० वर्षको लागि उक्त सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न अनुमति दिएपछि विगत चार वर्ष अघिदेखि नै सामूहिक खेती गर्दै आएको हो । करिब रु एक लाख लागतमा जमिन समथर बनाएपछि सो खेती शुरु भएको छ ।
सहकारीले राम्रो कार्य गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि रु १७ लाख पर्ने ट्र्याक्टर प्रदान गरेपछि खेती लगाउन सहज भएको अध्यक्ष शर्माले जानकारी दिए । जसको जग्गा छैन उनीहरुलाई पहिलो प्राथमिकता दिएर समूह बनाइएको छ । मैले काम पाइन तथा मैले गरी खान पाइन्न भन्नेका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।
सहकारीले पराल तथा घाँस सोही ठाउँस्थित गौ संरक्षण प्राङ्गरिक मल उत्पादन तथा सरसफाइ केन्द्रलाई दिने र केन्द्रले गाईको मलमूत्र सामूहिक खेतीको लागि दिने व्यवस्था मिलाएको छ । सहकारीले मौसम अनुसारको विभिन्न तरकारी, धान तथा माछापालन गर्दै आएका छन् । सहकारीमा आवद्ध भएकाले सामूहिक खेती र गाईभैँसीको दूध बिक्री गरी मासिक रु ३० हजारसम्म आम्दानी गर्दै आएका छन् । उक्त सहकारीमा हाल ३२६ आवद्ध भएकामध्ये १०९ जना सामूहिक खेतीमासमेत सहभागी भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार