युक्रेन र रुस युद्धका विषयमा अमेरिका–चीनबीच वार्ता
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २१:३५:२४
१ चैत, एजेन्सी । अमेरिका र चीनबीच द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार युक्रेन र रुसको युद्धका विषयमा ७ घण्टा लामो छलफल गरेका हुन् । विश्वका दुई ठूला देशबीचको वार्ता रोममा भएको थियो ।
परिचय खुलाउन नमानेका अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कुटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने विषयप्रति चासो व्यक्त गरेका थिए । चीनले रुसलाई सहयोग गरेमा विश्वव्यापी प्रतिबन्धको सामना गर्न सक्नुपर्ने सुलिभानले वार्तामा बताएका छन् ।
‘सामान्य रुपमा म के भन्न चाहन्छु भने हामी रुससँग चीनको साठगाठप्रति गहन चिन्तित छौ,’ ती अधिकारीले बताए । मस्कोले युक्रेनमा आफ्नो युद्धका लागि चीनसँग सैन्य उपकरणको अनुरोध गरेको समाचार बाहिरिएकै समयमा सुलिभानको यो भ्रमण भएको हो । रुस–युक्रेन युद्ध तेस्रो सातामा प्रवेश गरिसकेको छ ।
‘उक्त बैठक केही समयका लागि मात्रै तय गरिएको थियो,’ ती अधिकारीले बताए । मस्कोले सैन्य उपकरण तथा युक्रेनी युद्धमा अन्य सहयोगका लागि अनुरोध गरिएको विषय चीनले बारम्बार अस्वीकार गर्दै आएको छ । रुसले चीनबाट सैन्य उपकरण मागेको विषय क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पनि गलत भएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार