प्यानलसहित इन्जिनियर्स एशोसिएसनको अध्यक्षमा दर्लामी निर्वाचित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २२:१:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/hari-bahadur-darlami_O3PvGceEYD.jpg)
१ चैत, काठमाडौं । इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा डा. हरिबहादुर दर्लामी निर्वाचित भएका छन् । नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का तर्फबाट दर्लामीले नेतृत्व गरेको लोकतान्त्रिक प्यानलले सुरुदेखि नै अग्रता कायम गरेको थियो ।
दर्लामीले एमालेको प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पेपान) को प्यानलबाट अध्यक्षमा उठेका डा. सुरज लामिछानेलाई पराजित गरेका हुन् ।
दर्लामी प्यानलबाटै उपाध्यक्षमा डा. नारायणप्रसाद, महासचिवमा रविभूषण झा र उपमहासचिवमा सरोज धिताल निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दिपक अधिकारी निर्वाचित भएका छन् ।
पदाधिकारीमा निर्वाचित सबै दर्लामी नेतृत्वको लोकतान्त्रिक प्यानलकै हुन् । मतपरिणामको औपचारिक घोषणा केहि बेरमा हुने निर्वाचन समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार