चुनाव नजिकिए पनि महोत्तरीका दलहरू आन्तरिक कलहमै
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २२:१०:५३
♦ विशाल बस्नेत
१ चैत, महोत्तरी । स्थानीय तहको निर्वाचन नजिकिदैसँगै चुनाव प्रचारप्रसारमा लाग्नु पर्ने महोत्तरीका राजनीतिक दलहरू आन्तरिक कलहमै रुमल्लिएका छन् । जसले स्थानीय तह निर्वाचननै ओझेलमा परिरहेको छ ।
एमालेको समानन्तर कमिटी
नेकपा एमाले महोत्तरीभित्रको विवाद अन्य दलको तुलनामा अलि बढी नै सतहमा देखिएको छ । कतिपय पालिकाहरूमा त समानान्तर कमिटी नै गठन भएका छन् । औरही, रामगोपालपुर तथा क्षेत्र नम्बर ४ र क्षेत्र नम्बर २ का धेरै ठाउँमा समान्तर कमिटी गठन भएका छन् ।
केन्द्रीय सदस्यहरूबीचको विवादले एकअर्कोले बनाएको संगठन स्वीकार नै गर्न नसक्ने अवस्था सिर्जना भएको छ । केन्द्रीय सदस्य सरोज यादव र अर्का केन्द्रीय सदस्यद्वय बुधिनी देवी र राम दयालबीचको विवाद उत्कर्षमा पुगेपछि समान्तर कमिटी गठन भएको स्थानीय नेताहरू वताउँछन् । पार्टीभित्रको विवादकै कारण चुनाव लक्षित कार्यक्रम गर्न नसकिएको उनीहरु बताउँछन् ।
कांग्रेसभित्र महाधिवेशनको धङधङ अझै बाँकी
नेपाली कांग्रेस महोत्तरीमा पनि चर्को विवाद छ । जिल्ला अधिवेशनमा पौडेल प्यानललाई देउवा प्यानलले हराएको र पौडेल प्यानलका व्यक्तिहरू समेत लागिपरेको आरोप संस्थापन इतरका नेताहरूको आरोप छ ।
नवनिर्वाचित जिल्ला सभापति नागेश्वर यादव भने सबै कलहलाई भुलेर चुनाव लक्षित कार्यक्रममा लाग्नु पर्ने बताउँछन् । यसैबीच सभापति यादवले सोमबार बैठक पनि राखेका थिए । तर बैठकले चुनाव लक्षित कार्यक्रमबारे ठोस निष्कर्ष निकालेको छैन ।
माओवादी केन्द्रलाई छोडेन एमसीसी विवादले
नेकपा माओवादी केन्द्र भने एमसीसीको बिषयलाई लिएर छिन्नभिन्न भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी ‘राष्ट्रघात’ भएको थाहा पाउँदापाउँदै पार्टी कै नेतृत्वले पास भएको भन्दै कतिपय नेताहरूले पार्टीनै परित्याग गरेका छन् ।
महोत्तरी जिल्ला संयोजक तुलसीप्रसाद ढुंगानासहित प्रदेश कमिटी र नगरका आधा दर्जन नेताहरूले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । गिरीराजमणि पोखरेल निकट मानिने नेताहरूनै पार्टी छोडेर हिड्दा आगामी चुनावलाई असर गर्ने धेरैको अनुमान छ ।
मधेशवादी दल फुटले निरिह
मधेशवादी दलहरू पनि कहिले फुट्ने र कहिले जुट्ने हुँदा निक्कै कमजोर बनेका छन् । अघिल्लो निर्वाचनमा मधेशवादी तत्कालिन दल राजपाले बहुमत ल्याएको महोत्तरीमा अहिले उक्त पार्टीको फुटले अन्य दलको जस्तै हालत छ । राजपाबाट नै विजयी भएका कतिपय पालिकाका जनप्रतिनिधिहरूले अहिले पार्टी नै छाडिसकेका छन् । लोसपा र जसपा रोज्ने होडबाजीले जनप्रतिनिधिहरूको नै मत बाझिँदा सर्वसाधारण समेत अन्योलमा छन् ।
महोत्तरीका १५ पालिकाअन्तर्गत आठ पालिकामा तत्कालिन राजपाले, तीन पालिकामा कांग्रेस, तीन पालिकामा माओवादी केन्द्र र एक पालिकामा संघीय समाजवादी फोरम नेपालले जित हासिल गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार