सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइनेछ : शिक्षामन्त्री पौडेल
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २२:२७:२२
१ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाललका सार्वजनिक विद्यलायलाई गुणस्तरीय छन् भन्ने विश्वास दिलाउन शिक्षकको सक्रियता आवश्यक रहेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको हीरक महोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले शिक्षकको सक्रियताको आवश्यकतालाई महसुस गर्दै नेपाल शिक्षक महासङ्घसँग छलफल गरेर शिक्षकका माग सम्बोधनका लागि सरकारले सहमति गरेको जानकारी दिए ।
मन्त्री पौडेलले दश वर्षे शिक्षा सुधारका कार्ययोजना तर्जुमा हुँदै गरेको र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सरकार र सबैले साझा संकल्प गर्नुपर्नेमा जोड दिए ।
विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्य र मेहनताका कारण विद्यालयको शैक्षिक स्तरमा सुधार आएको बताए । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने शिक्षक, विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
क्रिसमसको तयारी
पुष ९, २०८१ मंगलबार
सोमबार रातिदेखि हुम्लामा हिमपात
पुष ९, २०८१ मंगलबार
आजबाट पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु [ फोटो फिचर ]
पुष ९, २०८१ मंगलबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार